Play

सर्वपक्षिय सहमतिपछि बिरगंजमा लगाइएको कर्फ्यु हटाइयो, अबस्था सामान्य हुने बिश्वास

गुरुकुल खबर


बिरगंज, मुस्लिम र हिन्दु धार्मिक समुदायको तनावका कारण वीरगञ्जमा  सोमबार साँझ ६ बजेदेखि लगाइएको कर्फ्यू हटाइएको छ । मंगलबार भएको सर्वपक्षीय पाँच बुँदे सहमति पश्चात वीरगञ्जको कर्फ्यू हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए । स्थानीय प्रशासनले मंगलवार साँझ ६ बजेसम्म कर्फ्यू समय थप गरेको थियो । त्यसपछि कर्फ्युको समय हटाइएको हो ।

सर्वपक्षिय पांच बुंदे सहमतिपछि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको नामबाट जारी सुचनामा भनिएको छ ‘..सर्वदलीय / सर्वपक्षीय बैठकमा भएको सहमति एवं हाल जिल्लाको शान्ति सुरक्षाको व्यवस्था सुदृढ हुँदै गएको, नागरिकको स्वतन्त्र आवागमन, व्यापार व्यवसाय लगायतको गतिविधि निर्वाध रुपमा गर्न दिई जीवनयापन सहज गर्नु पर्ने समेतका कारण मिति यहि पुष २२ गते  मंगलवारअपरान्ह ३:३० बजे देखि लागू हुने गरी उक्त कर्फ्यू आदेश हटाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।’

सर्वपक्षिय सहमतिमा कर्फ्यु हटाइएपछि अब बिरगंज बजारको अबस्था सामान्य हुने बिश्वास गरिएको छ  ।

टिकटकबाट सुरु भएको विवाद धनुषाबाट वीरगन्ज सरेपछि नजिकका अन्य जिल्लामा पनि सुरक्षा सतकर्ता बढाउंदै बिरगंज बजारमा कर्फ्यु लगाइएको थियो ।  केही दिनअघि धनुषा जिल्लाको जनकपुर क्षेत्रमा हैदर अन्सारी र अमानत अन्सारी नामका दुई युवाले एउटा विवादस्पद भिडिओ टिकटकमा अपलोड गरेको र उक्त भिडिओले धार्मिक सहिष्णुता बिगारेको भन्दै स्थानीयले दुवै युवालाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए।

यस विषयमा इलाका प्रहरी कार्यालय, खजुरीमा छलफल भइरहँदा पक्राउको विरोध गर्ने र पक्राउको समर्थन गर्ने समूहबीच झडप भएको थियो। यो विवादको केन्द्र धनुषाको खजुरी र जनकपुर क्षेत्र हो। यो घटनाको विरोध र समर्थनमा सामाजिक सञ्जालमा भइरहेका बहसले वीरगन्जका युवा पनि आन्दोलित बनेका हुन्। आइतबार बिहानैदेखि वीरगन्जको घण्टाघर र आसपासका क्षेत्रमा युवाले टायर बालेर प्रदर्शन गरेका थिए।

‘स्थिति नियन्त्रणमा लिन वीरगन्जमा प्रहरीले लाठीचार्ज गर्नुपर्‍यो’, नेपाल प्रहरी, मधेश प्रदेश प्रमुख डीआईजी गोविन्द थपलियाका अनुसार सुरक्षा चुनौती बढेपछि प्रदेशभरि नै सुरक्षा सतर्कता बढाइएको थियो।’  धनुषा र पर्सामा देखिएको अशान्तिको विषय टिकटकबाट फैलिएको हो। सामाजिक सञ्जालमा व्यक्त विषयले धार्मिक, साम्प्रदायिक भावनामा चोट पुर्‍याएपछि दुवै पक्ष सडकमा उत्रिएका हुन्।

२२ पुष २०८२, मंगलवार १६:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा