Play

सशस्त्र प्रहरी बल कालिका गणद्वारा बाराही माबिलाई खेलकुद सामग्री र बिधार्थीहरुलाई पुरस्कार प्रदान

गुरुकुल खबर


पोखरा, सशस्त्र प्रहरी बल नेपालको रजत जयन्तिको अवसरमा सशस्त्र प्रहरी बल नेपालको २४ नम्बर गण अर्थात सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनद्वारा पोखराको मालेपाटनस्थित बाराही माबिमा लागु पदार्थको दुर्व्यसन तथा त्यसको असर बिषयमा निबन्ध प्रतियोगिताको आयोजना गरियो ।

सोमबार आयोजित निबन्ध प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने कक्षा ९ की छात्रा पुजा बैजु र द्वितिय स्थान प्राप्त गर्ने मल्लिका परियारलाई मंगलवार आयोजित एक समारोहमा पुरस्कार वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा बाराही माबिका बिधार्थीहरुको लागि भलिबल र फुटबल लगायतका बिभिन्न खेलकुद सामग्री समेत वितरण गरिएको सशस्त्र प्रहरी बल कालिका गणका गणपति एबम सशस्त्र प्रहरी उपरिक्षक सुर्यप्रसाद तिमिल्सिनाले गुरुकुल खबरलाई जानकारी दिए ।

सोहि समारोहमा सशस्त्र प्रहरी उपरिक्षक तिमिल्सिनाले बाराही माबिका प्रधानाध्यापक शिबप्रसाद भण्डारीलाई बिभिन्न खेलकुदका सामग्री र बिधालयमा आयोजित निबन्ध प्रतियोगिताका बिजयीहरुलाई पुरस्कार र बिधालयको लागि खेलकुद सामग्री हस्तान्तरण गरेका थिए।

त्यस अबसरमा बोल्दै प्रहरी उपरिक्षक एबम गणपति तिमिल्सिनाले सशस्त्र प्रहरी बलको संगठनले नेपालको शान्ति सुरक्षाको साथै अन्य दैबी बिपत्ति एबम मानबिय सहयोगको लागि  बिबिध क्षेत्रमा संगठनले पुर्‍याएको योगदानको बारेमा चर्चा गरेका थिए।

उनले बिद्यार्थीहरु भबिष्यका कर्णाधार भएको र उनीहरुमा सकारात्मक सोचको बिकास गर्न सकेमा जिम्मेवार नागरिक बन्न सक्ने बताउंदै जुनसुकै क्षेत्रमा सफलता पाउन पनि निरन्तरको अभ्यास आबश्यक हुने स्पष्ट पारे  बिद्यालय परिवार र सशस्त्र प्रहरी संगठन बीचको सम्बन्ध प्रगाढ हुनुपर्नेमा उनले जोड दिए।

बाराही माबिका प्रधानाध्याक भण्डारीले सशस्त्र प्रहरी बलले पुर्‍याएको योगदानको प्रशंशा गर्दै बिधार्थीहरुलाई पढाईको साथै अतिरिक्त क्रियाकलापमा गम्भीर भएर लाग्न आग्रह गरे ।

२२ पुष २०८२, मंगलवार १६:२३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा