Play

कृषकले उत्पादन गरेका कृषिजन्य वस्तु खरिद गर्दै ‘मुक्तिनाथ फुड बैंक’

गुरुकुल खबर


स्याङ्जा, मुक्तिनाथ फुड बैंकले कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुहरु संकलन गर्न थालेको छ । समूह र सहकारी मार्फत स्थानीय उत्पादनको प्रबर्द्दन, वृद्धि र बिक्री वितरण गर्न बैंकले कृषिजन्य वस्तु संकलन गर्न थालेको हो । मुक्तिनाथ फुड बैंक मुक्तिनाथ कृषि कम्पनीको खाद्यान्न क्षेत्रमा काम गर्न बनेको सहायक कम्पनी हो ।

चुक्ता पुँजी ४० करोड रहेको फुड बैंकले पछिल्लो ५ महिनादेखि खाद्यान्न क्षेत्रमा काम थालेको छ । पहिलो चरणमा दलहन र तेलहनजन्य खाद्यान्न संकलनलाई प्राथमिकता दिएको फुड बैंकले मूल्य श्रंखलालाई संस्थागत बनाउँदै कृषकले उत्पादन गरेका वस्तु खरिद बिक्रीको प्रक्रिया अगाडी बढाएको जनाएको छ ।खरिद बिक्रीको प्रक्रिया अगाडी बढेसँगै दलहन र तेलहन उत्पादक कृषकले भोग्दै आएको बजारीकरणको समस्या भने अब हट्ने विश्वास गरिएको छ ।

ग्रामीण क्षेत्रका कृषक र समूहले घरेलु प्रविधिको प्रयोगबाट उत्पादन गरेका कृषिजन्य वस्तु संकलनमा फुड बैंकले जोड दिर्दै आएको छ । दलहनतर्फ राज्मा, बोडी, बकुल्ला, मास, सिमी, चना, केराउ, गहत, अडहर र तेलहनतर्फ तोरी, रायो, भटमास, तिल, सिलाम, बदाम, सरस्युं, सूर्यमुखी जस्ता उत्पादित वस्तुहरु संकलन गरिएको छ । कृषकको उत्पादनलाई बजारीकरण गर्न थालेको फुड बैंकलेहाल लामो सयम टिकाउ हुनेखालका खाद्यवस्तु खरिद गर्दै आएको जनाएको छ ।

समूह सहकारी मार्फत कृषकको उत्पादनलाई मूल्य श्रंखलामा ल्याउन लामो समय काम गरेको मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध संचालक भरतराज ढकालले बताए ।‘मूल्य श्रंखलाको संरचनामा सुधार आएसँगै कृषकद्धारा उत्पादित कृषिजन्य वस्तुको सहकारीमार्फत फुड बैंकले बजारीकरणमा सहयोग गर्नेछ ।’ उनले भने, ‘मुक्तिनाथ कृषि कम्पनीसँग सहकार्य गरेका कृषकले उत्पादन गरेकावस्तु खरिद बिक्रीको ग्यारेन्टी पनि गरिन्छ ।’कृषिजन्य वस्तु उत्पादनमा कृषकलाई आर्थिक र प्रविधि अभाव नहोस भनेर उत्पादनको खरिद बिक्रीको ग्यारेन्टी गरिएको ढकालले जनाए ।

मुस्तांगको आलु, जुम्ला र हुम्लाको स्याउ र सिन्धुलीको जुनार खरिद बिक्रीकोपहिलो परिक्षण गरेको फुड बैंकले हिमाली भेगमा उत्पादित दलहन र स्याङ्जामा उत्पादन भएका सुन्तलाको थोरैमात्रामा खरिद बिक्री गरिसकेको छ । मौसम अनुसार उत्पादितकृषिजन्य वस्तुको बजारस्थिती, स्वाद र गुणस्तर परिक्षण गर्न फुड बैंकले पाइलट परिक्षणका रुपमा खाद्यन्न वस्तुको बजारीकरणमा सहजीकरण गरेको जनाएको छ।

हावापानी सुहाउँदो जस्तोसुकै भूगोलमा मौसमी तथा बेमौसमी कृषिजन्य वस्तु उत्पादन गर्ने कृषक समूह र सहकारीलाई सहयोग गर्दै उत्पादन बढाएर बजारीकरण गरिनेफुड बैंकका प्रमुख भूमीराज भण्डारीले बताए ।‘माटो परिक्षण गराएर जुन माटोमा जे सम्भावना छ, त्यहि खेती गर्न हामीले कृषक समूह र सहकारीमार्फत सहयोग गर्छौ ।’ भण्डारीले भने, ‘माटो परिक्षणमा सहजीकरण, उन्नत बीउ खरिद, बाली लगाउन, बालीको सम्भार गर्न आर्थिक श्रोतको व्यवस्थापन, प्रविधि र उत्पादित वस्तुको खरिद बिक्रीसँगै बजारीकरणकोसबै प्रबन्ध हामीले गर्छौ ।’

कृषकद्धारा उत्पादित कृषिजन्य वस्तुहरु घरपरिवारमा प्रयोग नहुँदा खेरा जाने अवस्था थियो । अबजिल्लाजिल्लामाकृषकले उत्पादन गरेका थोरैधेरै कृषिजन्य वस्तुको खरिद बिक्री हुने भएपछि स्थानीय कृषक उत्साहित बनेको कफी निर्यात गर्दै आएका स्याङ्जाका अगुवा कृषक बोधराज अर्यालले बताए । ग्रामीण हावापानीमा अर्गानिक तबरबाट उत्पादित वस्तुको मात्रा थोरैधेरै भएपनि उचित मूल्य पाउने भएपछि कृषकहरु उत्साहित बनेको अर्यालले जनाए । मुक्तिनाथ फुड बैंकमार्फत कृषकले उत्पादन गरेका वस्तुको बजारीकरणमा सहयोग पुर्याउन थालेको कम्पनीका सचिव रामशरण तिमिल्सिनाले जानकारी दिए ।

मुक्तिनाथ विकास बैंकसँगै देशभरका झण्डै ९ सय लगानीकर्ताले लगानी गरेको मुक्तिनाथ कृषि कम्पनीले कृषि उत्पादनको मूल्य श्रंखला स्थापना र समूह र सहकारीमार्फतकृषकलाई आर्थिक, प्राविधिक र बजारीकरणको क्षेत्रमा विगत ५ वर्षदेखि सहजीकरणको काम गर्दै आएको छ । कृषि कम्पनी मातहत झण्डै १० वटा क्षेत्रगत फरकफरक कृषि, प्रविधि लगाएतका विधामा काम गर्नेगरी सहायक कम्पनीहरु संचालनमा रहेको कम्पनीले जनाएको छ । कृषि क्षेत्रमा संस्थागत रुपमा काम थालेको मुक्तिनाथ कृषि नेपालकै पहिलो पब्लिक कम्पनी हो ।

२१ पुष २०८२, सोमबार ०८:३६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा