पोखरा, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकीकरण भएर बनेको राप्रपाले कास्कीमा पनि संगठन बिस्तारको अभियान शुरु गरेको छ।
यस क्रममा कास्की क्षेत्र नं. १ मा राप्रपाको क्षेत्रीय अधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व समेत चयन गरिएको राप्रपा कास्कीका नेता अरुण गिरीले गुरुकुल खबरलाई जानकारी दिए ।
राप्रपा नेता गिरीका अनुसार कास्की क्षेत्र न. १ को क्षेत्रिय सभापतिमा नारायण सुबेदी सर्बसम्मत निर्बाचित भएका छन भने सोहि क्षेत्रको प्रदेश सभा १ (क) अध्यक्षमा प्रकाश के.सी. र प्रदेश सभा १ (ख) अध्यक्षमा रमेश त्रिपाठी चयन भएका छन। उनीहरुको नेतृत्वमा क्षेत्रिय समिति र निर्बाचन क्षेत्र प्रदेश समिति समेत बनाइएको बताइएको छ।















