Play

हिन्दु र मुस्लिमको प्रदर्शनका कारण बिरगंज बजारमा पनि तनाब, मंगलवार बिहानसम्म कर्फ्यु

गुरुकुल खबर


बिरगंज, पर्सा जिल्लाको वीरगन्ज बजारमा हिन्दु र मुस्लिमबिचको द्वन्दको अवस्था नियन्त्रण बाहिर जान थालेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । यसअघि सोमबार दिउँसो १ बजेदेखि जारी गरिएको निषेधाज्ञाका बीच दुवै पक्षले ठाउँ–ठाउँमा प्रदर्शन गरिरहेपछि स्थिति नियन्त्रण बाहिर जान थालेको हो ।

टिकटकबाट सुरु भएको विवाद धनुषाबाट वीरगन्ज सरेपछि नजिकका अन्य जिल्लामा पनि सुरक्षा सतकर्ता बढाउंदै बिरगंज बजारमा कर्फ्यु लगाइएको हो ।  केही दिनअघि धनुषा जिल्लाको जनकपुर क्षेत्रमा हैदर अन्सारी र अमानत अन्सारी नामका दुई युवाले एउटा विवादस्पद भिडिओ टिकटकमा अपलोड गरेको र उक्त भिडिओले धार्मिक सहिष्णुता बिगारेको भन्दै स्थानीयले दुवै युवालाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए।

यस विषयमा इलाका प्रहरी कार्यालय, खजुरीमा छलफल भइरहँदा पक्राउको विरोध गर्ने र पक्राउको समर्थन गर्ने समूहबीच झडप भएको थियो। यो विवादको केन्द्र धनुषाको खजुरी र जनकपुर क्षेत्र हो। यो घटनाको विरोध र समर्थनमा सामाजिक सञ्जालमा भइरहेका बहसले वीरगन्जका युवा पनि आन्दोलित बनेका हुन्। आइतबार बिहानैदेखि वीरगन्जको घण्टाघर र आसपासका क्षेत्रमा युवाले टायर बालेर प्रदर्शन गरेका छन्।

‘स्थिति नियन्त्रणमा लिन वीरगन्जमा प्रहरीले लाठीचार्ज गर्नुपर्‍यो’, नेपाल प्रहरी, मधेश प्रदेश प्रमुख डीआईजी गोविन्द थपलियाका अनुसार सुरक्षा चुनौती बढेपछि प्रदेशभरि नै सुरक्षा सतर्कता बढाइएको छ।’  धनुषा र पर्सामा देखिएको अशान्तिको विषय टिकटकबाट फैलिएको हो। सामाजिक सञ्जालमा व्यक्त विषयले धार्मिक, साम्प्रदायिक भावनामा चोट पुर्‍याएपछि दुवै पक्ष सडकमा उत्रिएका हुन्।

शुरुमा धनुषाको कमला नगरपालिका–६ सखुवा मरानस्थित मस्जिदमा शनिबार राति भएको तोडफोडको विरोधमा वीरगन्जका मुस्लिम समुदायले आइतबार वीरगन्जमा प्रदर्शन गरेका थिए । मुस्लिम समुदायको प्रदर्शनको प्रतिक्रियामा हिन्दु समुदायले पनि आइतबार राति र सोमबार बिहानैदेखि प्रदर्शन गरेपछि वीरगन्जको स्थिति तनावग्रस्त हुन् पुगेको बिरगंजका अग्रज पत्रकार दिपेन्द्र चौहानले गुरुकुल खबरलाई जानकारी दिए  ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको आदेशमा सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु जारी गरिएको हो । वीरगन्जको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शंकराचार्य गेट क्षेत्रभित्र कर्फ्यु लगाइएको हो ।

यस अवधिमा आवतजावत, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ आदि गर्न नपाइने र सुरक्षाकर्मीले त्यसो गरेको देख्नासाथ गोली हान्न सक्ने भएकाले अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन पनि स्थानीय प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । पर्सा प्रहरीका प्रवक्ता डीएसपी राजु कार्कीले निषेधाज्ञाको अवज्ञा गरी प्रदर्शन गर्ने २६ जनालाई महानगरका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको बताए । उनले हाल स्थिति नियन्त्रणमा रहेको दाबि गरेका छन्।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले दुवै समुदायका प्रदर्शनकारीलाई मुठभेड हुन नदिन कम्तीमा पाँच सय मिटरको दूरीमा राखिएको दाबी गरे । उनले निषेधाज्ञाबाट पनि स्थिति नियन्त्रणमा आउन नसकी सुरक्षा चुनौती बढेपछि कर्फ्यु लगाइएको बताएका छन् । भोलि मंगलबार बिहान साढे ८ बजे जिल्ला प्रशासन कार्यालयमा प्रदर्शनकारी दुवै पक्ष र सरोकारवालासमेतको सहभागितामा सर्वपक्षीय बैठक राखिएको पर्साका प्रजिअ दाहालले जानकारी दिए ।

२१ पुष २०८२, सोमबार २१:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा