स्याङ्जा, मुक्तिनाथ विकास बैंकले आफ्नो बिसौं वार्षिकोत्सव विविध कार्यक्रम सहित मनाएको छ । मुक्तिनाथ विकास बैंकको पुतलीबजार शाखाले शुभकामना आदान प्रदान गरि बीसौं वार्षिकोत्सव मनाएको हो ।
बैंकको बिसौं वार्षिकोत्सवका अवसरमा पुतलीबजार शाखामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा बैंकका संस्थापक बद्रिप्रसाद श्रेष्ठ, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका पूर्व वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठ कगयातले बैंक स्थापना भएको २० वर्षको छोटो अवधिमा आधुनिक सेवा मार्फत सेवाग्राहीलाई सेवा प्रदान गरेको बताए ।
बैंकका पुतलीबजार शाखा प्रमुख युवराज ढकाल, नेपाल पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष प्रकाश डोटेल, व्यवसायी कुलानन्द लम्सालले बैंकको थप प्रगतिको कामना गर्दै बैंकले पछिल्लो सयम कृषि क्षेत्रको विकासमा थालेको प्रयासलाई सार्थक बनाउन सबैको सहयोग अपरिहार्य भएको बताए ।
२० औं वार्षिकोत्सवकाअवसरमा बैंकको फेदीखोला, जुग्ले, कार्कीनेटा, बिरुवा, अर्जुनचौपारी, बयरधारी, वालिङ, गल्याङ्, मिर्मि, चापाकोट शाखाले पनि शुभकामना आदानप्रदान कार्यक्रम गरेको जनाएका छन । बीसौं वार्षिकोत्सव शनिबार परे पनि शाखाहरुमा सेवाग्राहीको उत्साहपूर्वक सहभागिता रहेको शाखा प्रमुखहरुले जनाएका छन् ।
२०६३ साल पौष १९ गते स्याङ्जामा प्रधान कार्यालय स्थापना गरी सेवाआरम्भ गरेको बैंकको हाल काठमाडौं लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको छ । बैंकले झण्डै १९० शाखा मार्फत देशभरका ७७जिल्लामा आफ्नो सेवा प्रवाह गर्दै आएको छ । अहिले बैंकको चुक्ता पुँजी ८ अर्ब पुर्याएसंगै वाणिज्यस्तरको बैंक बन्ने प्रक्रियामा रहेको जनाइएको छ ।
















