Play

लेखनाथको त्रिवेणी कलेजमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

गुरुकुल खबर


लेखनाथ, पोखराको लेखनाथस्थित त्रिवेणी इन्टरनेशन लकलेजको विद्यार्थी कल्याणकारी समितिले स्नातक तहका नव आगन्तुक विद्यार्थीका लागि शुक्रबार स्वागत कार्यक्रम सम्पन्न गरेको छ । स्वागत कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं. ३० का अध्यक्ष दुर्गाप्रसाद सुवेदीले विद्यार्थीको अध्ययनसँग अभिभावक र कलेजको सपना समेत जोडिएको उल्लेख गर्दै अध्ययनमा जोड दिन आग्रह गरे ।

फरक फरक विद्यालयबाट +२ अध्ययन गरेर आएका विद्यार्थी स्नातक तहमाआएपछि थपजिम्मेवार बन्न उनले आग्रह गरे लेखनाथमा दुईवटा विश्वविद्यालय हुँदा पनि नीजि क्षेत्रबाट संचालित त्रिवेणी कलेजमा विद्यार्थीको आकर्षण हुनु राम्रो रहेको उनको भनाइ थियो ।

कार्यक्रममा कलेज व्यवस्थापन समितिकाअध्यक्ष सुमन भट्टराईले अभिभावकको विश्वास, विद्यार्थीको मेहनत र शिक्षकहरुको समन्वयका कारण उत्कृष्ट नतिजा ल्याउन सफल भएको उल्लेख गरे ।

भट्टराईले कलेजबाट उत्पादित जनशक्ति व्यवस्थापनका लागि लेखनाथका विभिन्न संस्थासँग सहकार्य भएको उल्लेख गरे । उनले नव आगन्तुक विद्यार्थीका समस्यालाई कलेजले सहकार्य गर्दै गुणस्तरीय शिक्षामा जोड दिइएको बताए ।

विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष बिबेक केसीको अध्यक्षतामा भएको कार्यक्रममा कलेज संचालक समितिका पूर्व अध्यक्ष बाबुराम गिरी, निर्वतमान क्याम्पस प्रमुख यदुराजआचार्य, कल्याणकारी समितिका संस्थापक अध्यक्ष कमल गौतम, कल्याणकारी समितिका उपाध्यक्ष स्वच्छन्द आत्रेय, अमिसा तिवारी लगायतले नव आगन्तुक विद्यार्थीलाई स्वागत गर्दै अध्ययनमा जिम्मेवार हुन आग्रह गरेका थिए । कार्यक्रममा स्नातक तहका विद्यार्थीहरुले गित संगित प्रस्तुत गरेका थिए ।

कार्यक्रमको संचालन विद्यार्थी द्धय कविता भट्टराई र विनोद बि.क ले गरेका थिए । विविएसको अध्यापन हुँदै आएको कलेजमा २ सय १७ जना नयाँ  विद्यार्थी स्नातक तहमा भर्ना भएकाछन् भने कलेजमा स्नातक र स्नाकोत्तर तहमा गरी छ सय ४९ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

२१ पुष २०८२, सोमबार ०७:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा