Play

माछापुच्छ्रे बैंकले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याउने

गुरुकुल खबर


काठमाडौँ,  माछापुच्छ्रे बैंकले काठमाडौंको महाराजगञ्जस्थित मुलुकको ठूलो अस्पताल अर्थात त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आफ्नो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याउने भएको छ । उक्त अस्पतालमा उपचारको निम्ति एबम अन्य सेवा लिन आउने सेवाग्राहीको सुविधा र सहजतालाई मध्यनजर गर्दै बैंकले एक्सटेन्सन काउन्टर सञ्चालन गर्न लागेको जानकारी दिएको छ ।

बैंकले अस्पतालमा संचालनमा ल्याउन लागेको एक्स्टेन्सन काउन्टर १२ औं काउन्टर हो यस अगाडी बैंकले अन्य बिभिन्न स्थानमा ११ वटा एक्सटेन्सन काउन्टर संचालनमा ल्याईसकेको छ।  शिक्षण अस्पतालमा बैंकको एक्सटेन्सन काउन्टर निर्माण गरी सञ्चालनमा ल्याउनका लागि अस्पताल र बैंकको बिचमा द्धिपक्षीय समझदारी भएको छ ।

सम्झौता पत्रमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको तर्फबाट कार्यकारी निर्देशक डा. सुवास प्रसाद आचार्य तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेको छन ।

सम्झौता पश्चात अस्पतालले उपलब्ध गराएको स्थानमा बैंकले आवश्यक संरचना निर्माण गरी यथाशिघ्र काउन्टर सञ्चालनमा ल्याउने छ। यस अघि अस्पताल परिसरमा एटिएम जडान गरी सेवा प्रवाह गर्दै आएको बैंकले उक्त काउन्टर संचालनमा आएपछि शिक्षण अस्पतालमा आउने बिरामीहरू एबम अन्य सेवा लिन आउने सेवाग्राहीहरुको बिल भुक्तानी तथा रेमिट्यान्स सेवा लगायतका विभिन्न बैंकिङ कारोबार सहज रूपमा प्रदान गर्ने जनाएको छ ।

बैंकले सरकारी तथा सार्वजनिक निकायहरूलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने अभियानमा यो निर्णयलाई एक महत्वपूर्ण पहलको रुपमा लिईएको जनाएको छ । बैंकले संचालनमा ल्याउन लागेको काउन्टरका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सेवाग्राही तथा अस्पतालका आर्थिक कारोबारलाई डिजिटलाइज गर्न सहयोग पुर्याउने बिश्वास लिएको छ ।

१८ पुष २०८२, शुक्रबार १५:०७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा