Play

त्रिकोण कृषि सहकारीमा नयाँ समिति, अध्यक्षमा गणेश चालिसे

गुरुकुल खबर


पोखरा, त्रिकोण कृषि सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन बिहिबार सम्पन्न भएको छ। अधिवेशनले सहकारीको नयाँकार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ। नवनिर्वाचित समितिको अध्यक्षमा गणेश चालिसे, उपाध्यक्षमा फणीन्द्रराज पराजुली, सचिवमा कमलप्रसाद बाँस्तोला र कोषाध्यक्षमा लालप्रसाद श्रेष्ठ चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा गौरवराज भण्डारी, नारायण पौडेल, पीताम्बर चापागाईं, डा टिकाराम आचार्य,नारायण अर्याललाई चयन गरिएको छ।
साथै महिला समितिको संयोजकमा मैयादेवी पराजुली, शिक्षा समितिको संयोजकमा सुनिता लामिछाने, लेखासमिति संयोजकमा प्रकाश कँडेल चयन गरिएको संस्थाले जनाएको छ।

कार्यक्रम संस्थाका जेष्ठ सदस्य एबम समाजसेवी राधेश्याम उदासको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। संस्थाका निवर्तमान अध्यक्ष लोकनाथ अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव गणेश चालिसेले गरेका थिए। लेखा समितिको प्रतिवेदन प्रकाश कँडेलले र कोषाध्यक्षको आर्थिक प्रतिबेदन गौरव भण्डारीले प्रस्तुत गरेका थिए। त्यसैगरी मैयादेवी पराजुलीले स्वागत मन्तव्य राखेकी थिईन।

जिल्ला बचत सङ्घको सञ्चालक दिपकराज घिमिरे, सल्लाहकार हरिप्रसाद पराजुली , टोल विकास संस्था प्रतिनिधित्व गर्दै शारदा गिरी, पिताम्बर बरालले नयाँ समितिलाई शुभकामना प्रकट गरेको कार्यक्रममा निर्वाचन अधिकृतका रूपमा अधिवक्ता नारायण अर्यालले निर्वाचित सबैलाई शपथ गराउँदै प्रमाणपत्र वितरण गरेका थिए।

कार्यक्रममा सहकारीका शेयर सदस्यहरूले सहकारीको संस्थागत सुदृढीकरण, पारदर्शिता तथा कृषकमुखी कार्यक्रम विस्तारमा जोड दिएका थिए। अधिवेशनले सहकारीलाई अझ प्रभावकारी र दिगो रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ।

११ पुष २०८२, शुक्रबार २२:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा