Play

पोखरामा होटल म्यानेजमेन्ट कलेजमा फुड फेष्ट २०२६ को तयारी

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नं १४ स्थित नेपाल टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेजका २५ औं ब्याचका विद्यार्थीको आयोजनामा ‘एनटिएचएमसी फुड फेष्ट २०२६’ हुने भएको छ । हरेक वर्ष स्टुुडेन्ड मेगा इभेन्टका रुपमा फुड फेष्टिवल गर्दै आइएकोमा यस वर्ष २५ औं व्याचका विद्यार्थीको आयोजनामा यही पुस २६ गते शनिबार एनटिएचएमसी फुड फेष्ट आयोजना गर्न लागिएको आयोजक समितिका अध्यक्ष विवेक महतले जानकारी दिए ।

आँफूहरूले फुड फेष्टिवलका लागि तयारी थालिसकेको जानकारी गराउँदै उनले उक्त फेष्टिवलमा विभिन्न किसिमका खाना तथा पेय पदार्थ, भेगन (प्लान्ट बेस फुड) आदिको स्वाद लिन पाइने बताए । उक्त अवसरमा बार टेण्डरिङ फेलरिङ सो समेत हुनेछ । फेष्टिवलमा समिर श्रेष्ठ, केहारसिंह लिम्बुुु जस्ता कलाकारको ब्याण्ड प्रस्तुतीका साथै विभिन्न सांस्कृतिक तथा अन्य प्रस्तुती रहने छ । कार्यक्रममा स्थानीय कलाकारका साथै कलेजका विद्यार्थीको समेत विभिन्न प्रस्तुती रहने जनाइएको छ ।

“कार्यक्रमलाई भव्य र सभ्य बनाउन १४ सदस्यीय मूल आयोजक समिति कृयाशिल बन्नुुका साथै क्याम्पस प्रमुख प्रकाश रेग्मी र सहायक क्याम्पस प्रमुख राजकुुमार कार्कीको परामर्श अनुरुप काम भैरहेको उनले बताए। कार्यक्रम पश्चात वातावरणलाई साथ र सहयोग गर्ने उद्देश्यका साथ ‘प्लेट फर प्लान्ट’ योजना समेत राखिएको आयोजकले जनाएको छ ।

७ पुष २०८२, सोमबार २१:०९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा