Play

जनप्रिय क्याम्पसमा नवआगन्तुक विद्यार्थीलाई स्वागत र बिभिन्न प्रतियोगिताका बिजयीलाई पुरस्कार वितरण

गुरुकुल खबर


पोखरा, जनप्रिय बहुमुखी क्याम्पस पोखरामा नयाँ शैक्षिक सत्रमा अध्ययन गर्न आएका नवआगन्तुक विद्यार्थीहरूको लागि स्वागत एबम कलेजको ३४ औं बार्षिकोत्सबका अबसरमा संचालित बिभिन्न प्रतियोगिताका बिजयीहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। बार्षिकोत्सबको सन्दर्भमा कलेजमा बिभिन्न सिर्जनात्मक, रचनात्मक तथा अतिरिक्त क्रियाकलाप आयोजना गरिएको थियो।

क्याम्पसको बार्षिकोत्सबको अबसरमा आयोजित बिभिन्न प्रतियोगिताहरुमध्ये पुरुष भलिबल तर्फ मनिष श्रेष्ठको समूह प्रथम, विकास परियारको समूह द्वितीय भएको थियो भने छात्रा भलिबलतर्फ विपना खत्रीको समूह प्रथम र आशिका खत्रीको समूहले दोश्रो स्थान प्राप्त गरेको थियो । छात्राहरुको टेबल टेनिसतर्फ ईशा बिक प्रथम, निशा गोदार द्वितीय, बन्दना चौधरी र रोनिका केसी तृतीय तथा छात्रहरुको टेबल टेनिस तर्फ प्रविण कार्की र सुशान्त पौडेल प्रथम, प्रशान्त गिरी र सबिन गुरुङ द्वितीय, रोहन दाहाल र सगुन रानाभाट तृतीय भएका थिए ।

यसैगरी, छात्राहरुको बास्केटबल तर्फ रोनिका केसीको समूह प्रथम र छात्र बास्केटबल तर्फ कृतिक शाही ठकुरीको समूह प्रथम, सुबिश गुरुङको समूह द्वितीय, स्वर्गीय विष्णुप्रसाद बराल कप २०८२ अन्तर्गत महानगरपालिका स्तरीय पब्लिक क्याम्पस पुरुष भलिबल प्रतियोगितामा  जनप्रिय क्याम्पस प्रथम र कालिका बहुमुखी क्याम्पसले दोश्रो स्थान प्राप्त गरेका थिए । कन्या क्याम्पसमा आयोजित क्याम्पसस्तरीय छात्रा भलिबल प्रतियोगिता तर्फ पनि जनप्रिय बहुमुखी क्याम्पसको समूह प्रथम स्थान प्राप्त गरेको थियो।

यसैगरी हाजिरी जवाफ प्रतियोगितामा सृष्टि लामिछाने, सुस्मिता थापा, शर्मिला तिमिल्सिना प्रथम, शिशिर सुवेदी, अप्सरा सुवेदी, कामना पाण्डे द्वितीय र अर्जुन लामिछाने, रन्जित अधिकारी, अनिश क्षेत्रीले तृतीय स्थान प्राप्त गरेका थिए भने नेपाली भाषाको निबन्ध प्रतियोगितामा सुमिना तिमिल्सिनाले प्रथम, ईश्वर पोखरेलले द्वितीय र अप्सरा सुवेदीले तृतीय स्थान प्राप्त गर्न सफल भए।

अंग्रेजी निबन्ध लेखन प्रतियोगितामा सुरक्षा लामिछाने प्रथम, निशा गोदार द्वितीय र सुप्रिया गुरुङ तृतीय तथा नेपाली भाषाको कविता लेखन प्रतियोगितामा सृष्टि लामिछाने प्रथम, उत्सव भुसाल , द्वितीय र जमुना गैरी तृतीय भए । वक्तृत्वकला प्रतियोगितामा रितबहादुर थापा प्रथम, चाँदनी श्रेष्ठ द्वितीय र ईश्वर पोखरेल तृतीय स्थान र चित्रकलामा लक्ष्मण पोखरेल प्रथम, बुद्धिचाल प्रतियोगितामा ईस्मन लामिछाने प्रथम, विवेक थापा मगर द्वितीय र सविन गिरीले तृतीय स्थान प्राप्त गर्न सफल भए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै बिजुक्छेले बिधार्थीहरुले पढ्नको लागि जनप्रिय क्याम्पस रोजेकोमा बधाई दिँदै क्याम्पस सधैँ विद्यार्थीको पठनपाठनमा केन्द्रित रहने बताए । उनले क्याम्पसको बार्षिकोत्सबकै अबसरमा बुधबार नृत्य प्रतियोगिता र मङ्सिर २५ गते बिहिबार वार्षिक उत्सव तथा सञ्चालक समितिको अधिवेशन रहेको समेत जानकारी गराएका थिए ।

कार्यक्रमको सभापतित्व गरेका क्याम्पस प्रमुख कृष्णबाबु बरालले नवआगन्तुक विद्यार्थीहरूलाई क्याम्पसका शैक्षिक एबम अन्य गतिबिधि बारेमा जानकारी गराउँदै स्वागत गरेका थिए । कार्यक्रममा सहायक क्याम्पस प्रमुख नवीनराज खनाल र क्याम्पसको विद्यार्थी हित शाखा प्रमुख बेदहरी तिमिल्सिनाले पनि क्याम्पसका बिबिध पक्षहरुको बारेमा जानकारी गराएका थिए ।

सोही कार्यक्रममा विद्यार्थी सङ्घसंगठनका प्रतिनिधिहरू सुजन भट्टराई, प्रसन्न रिजाल, उत्सव भुसाल, प्रेम थापा, कर्मचारी सङ्घका अध्यक्ष देवी पनेरु र प्राध्यापक संघका उपसभापति टंक बरालले विद्यार्थीहरूलाई स्वागत गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

स्वागत तथा पुरस्कार वितरण कार्यक्रममा विद्यार्थीहरूले विविध नृत्य, गीत, मुक्तक तथा गजल प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए । साथै, वार्षिकोत्सवका अबसरमा आयोजित अतिरिक्त क्रियाकलाप सञ्चालनमा सहयोग गर्ने प्राध्यापकहरू कृष्ण त्रिपाठी, गोपाल बराल, रमेश थापा, दिननाथ लामिछाने, विकास थापा मगर, गणेश चालिसे, राजेन्द्र पौडेल, टंक बराल, चेतबहादुर पोखरेल र सुरेश रानाभाटलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।

२३ मंसिर २०८२, मंगलवार २१:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा