Play

राष्ट्रिय बाणिज्य बैंक पृथ्वीचोकका प्रमुख पराजुलीलाई मातृशोक, आमा टिकादेबीको ७५ बर्षमा निधन

गुरुकुल खबर


पोखरा, राष्ट्रिय बाणिज्य बैंकको पृथ्वीचोक शाखाका प्रमुख एबम चापाकोट पोखरा सेवा समाज, कास्कीका कोषाध्यक्ष हरिराम पराजुली समेतलाई मातृशोक परेको छ।

उनकी आमा सामाजिक एबम धार्मिक व्यक्तित्व टिकादेबी पराजुलीको ७५ बर्षको उमेरमा उपचारको क्रममा निधन भएको छ। पोखरा महानगरपालिका -२३ चापाकोट पुरानो घर भएपनि उनि केहि बर्षदेखी एक छोरासंग पोखरा महानगरपालिका -२४ पामेमा बस्दै आएकी थिईन।

लामो समयदेखि दमको बिरामी रहेकी टिकादेबीलाई अघिल्लो साता दमले च्यापेपछि पोखराको मणिपाल अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । ५ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा शुक्रबार राती सवा १२ बजे उनको निधन भएको थियो ।

स्व. पराजुलीका पांच छोरा र एक छोरी रहेकोमा छोरी लक्ष्मी पराजुली भट्टराईको यस अगाडी नै निधन भैसकेको छ।  छोराहरु राजु पराजुली, दुर्गादत्त पराजुली, श्रवणकुमार पराजुली, हरिराम पराजुली र गंगाधर पराजुली रहेकोमा दुर्गादत्त बैदेशिक रोजगारीमा छन।  हरिराम राष्ट्रिय बाणिज्य बैंकको पृथ्वीचोक शाखाको प्रबन्धक पदमा कार्यरत छन भने गंगाधर पोखराको स्क्वायर मोटरसमा कार्यरत छन ।

 

३० कार्तिक २०८२, आईतवार ०८:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा