Play

मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिमा बिबाद: प्रदेश प्रमुखको राजिनामा माग, बिभिन्न कार्यालयमा तोडफोड र तालाबन्दी

गुरुकुल खबर


पोखरा, मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिको बिषयलाई लिएर मधेस प्रदेश प्रमुखको कार्यालयमा तोडफोड गरिएको छ ।  मधेसका नेपाली कांग्रेसलगायत सात दलका नेता र कार्यकर्ताले मुख्यमन्त्री कार्यालयपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको कार्यालय तोडफोड गरेको बताइएको छ। मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै नेपाली कांग्रेस, जसपा, लोसपा सहितका प्रदेश सांसद र कार्यकर्ताहरूले प्रदेश प्रमुखको कार्यलयसंगै प्रदेश अन्तर्गतका केहि मन्त्रालयमा समेत तोडफोड गरेका छन।

मधेश प्रदेशकी प्रमुख सुमित्रा भण्डारीले सोमबार बिहान नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । उनको नियुक्तिलाई लिएर अने दल र सर्बसाधारण समेत बिरोधमा उत्रिएका हुन। नयाँ मुख्यमन्त्री नियुक्ती प्रक्रियालाई लिएर प्रदेश सभामा रहेका ७ राजनीतिक दलले पनि विरोध जनाउंदै तोडफोड गरेको हुन।

उनीहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका प्रमुख सचिवको कार्यकक्षमा तोडफोड गरेको थिए।  तोडफोड गर्न जानेहरुमा मधेश प्रदेशका सांसदहरू समेत रहेका थिए । उनीहरुले मधेश प्रदेश सरकारका प्रमुख सचिवको कार्यकक्षमा रहेको नेपालको राष्ट्रिय झण्डा समेत फ्याँकिदिएका थिए।

प्रदेश सांसद लगायतको टोलीले आएर खेलकुदको कबर्डहलमा बनाइएको मुख्यमन्त्री कार्यालयमा तोडफोड गर्नुका साथै मन्त्रालयहरुमा तालाबन्दी गरेर गएको कार्यालयका सूचना अधिकारी उपसचिव बासुदेव मल्लले जानकारी दिए। ‘अहिले मुख्यमन्त्रीको कार्यकक्ष गृह सञ्चार तथा कानुन मन्त्रालयमा राखिएको छ।

मुख्यमन्त्रीको कार्यालय अर्को ठाउँमा छ।  सांसद र कार्यकर्ताहरु आउनुभएको थियो, त्यहाँ गएर भित्र तोडफोड पनि भयो। एकदुई जना कर्मचारीलाई हातपात समेत भयो,’ उनले भने, ‘सचिवज्यूहरु आइपुग्नु भएको थिएन, उप सचिवको हैसियतले सबै कर्मचारीलाई आफ्नो सुरक्षा गर्न घर जानुस भनेर पठाइदिएँ।’

सामान्य तोडफोडपछि उनीहरुले तालाबन्दी गरेर चाबी लिएर गएको उनले बताए। उनीहरुले गृह सञ्चार लगायत अन्य मन्त्रालयमा पनि तालाबन्दी गरेका छन्। प्रदेश प्रमुख कार्यालय अगाडि पनि तोडफोड भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै नेपाली कांग्रेस, जसपा, लोसपा सहितका प्रदेश सांसद र कार्यकर्ताहरूले तोडफोड गरेका हुन्। प्रदेश प्रमुखको कार्यालय अगाडि रहेको बोर्ड तथा गमलाहरूमा क्षति पुगेको छ। कतिपय प्रदेश सांसदहरुले तोडफोड गर्न आएकाहरुलाई बाहिर जान आग्रह गरिरहेको भिडिओहरु पनि सार्वजनिक भएका छन्।

 

२४ कार्तिक २०८२, सोमबार १७:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा