Play

कृषि बिकास बैंकले शेयरधनीलाई १३ प्रतिशत लाभांश दिने

गुरुकुल खबर


पोखरा, कृषि विकास बैंकले सेयर धनीका लागि १३ प्रतिशत लाभांश घोषणा गरेको छ। कृषि बिकास बैंकको संचालक समितिको बुधबार बसेको बैठकले सेयरधनीलाई करसहित ९.७५ प्रतिशत नगद र ३.२५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।

साथै बैठकले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम प्रदान गर्ने निर्णय गरेको छ।

बैंकको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताहरूमा वितरण हुनेछ।

बैंकको लाभांश दर यसअघिको भन्दा बढेको हो। गत वर्ष बैंकले तीन प्रतिशत बोनस सहित कुल १०.५३ प्रतिशत लाभांश दिएको थियो।  अहिले बैंकको सेयर तीन सय १७ रूपैयाँमा कारोबार भइरहेको हो।

२० कार्तिक २०८२, बिहीबार १२:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा