पोखरा, नेपाल राष्ट्र बैंककको प्रबक्ताको जिम्मेवारी गुरुप्रसाद पौडेललाई दिईएको छ नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) को जिम्मेवारीमा रहेका पौडेललाई प्रवक्ताको समेत जिम्मेवारी दिइएको हो ।
पौडेललाई यहि कात्तिक १८ गते देखि लागू हुने गरी नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी दिईएको बैंकले जनाएको छ। उनलाई गभर्नर प्रा. डा. विश्व पौडेलले बैंक तथा वित्तीय संस्था नियमन विभागबाट सरूवा गरेर प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
वि.सं. २०५८ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेलले बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभाग जस्ता विभागमा रहेर काम गरिसकेका छन।

हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत रहेका छन। प्रबक्ता पदमा उनको नियुक्तिले राष्ट्र बैंकको सञ्चार र जनसम्पर्क व्यवस्थापन अझ प्रभावकारी हुने विश्वास गरिएको छ।
स्यांजा जिल्लामा पुरानो घर रहेका पौडेल हाल काठमाडौँको बसुन्धरामा बसोबास गर्दै आएका छन। उनले पोखराको पृथ्वीनारायण क्याम्पसबाट पनि उच्च शिक्षा हासिल गरेका थिए ।















