Play

कालिगण्डकीको उत्तर गण्डकी महामेलामा सहभागी हुन पोखराबाट कार र्याली गरिंदै

गुरुकुल खबर


पोखरा, स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका–१ को सङ्गमस्थल उत्तरवाहिनी क्षेत्र (कालीगण्डकी तट) मा सञ्चालित उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव–२०८२ मा पोखराबाट यही कात्तिक १४ गते बृहत् कार र्याली गरिने भएको छ ।

कालीगण्डकीको महिमालाई विश्वभर प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रबर्द्दन गर्ने उद्देश्यका साथ कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा यही असोज २१ देखि कात्तिक १९ गतेसम्म धार्मिक महोत्सव सञ्चालन भैरहेको छ ।

महामेलालाई सफल बनाउने उद्देश्यका साथ पोखराबाट बृहत् कार र्याली गर्न लागिएको प्रचारप्रसार उप समिति कास्कीका संयोजक चन्द्रकान्त बरालले जानकारी दिए ।
कात्तिक १४ गते बिहान पोखरा १७ बराल फिडदेखि सुरु हुने कार र्याली स्याङ्जाको गल्याङ- १ मालुङ्गामा पुगेर समापन हुने बरालले बताए।

कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष आचार्य श्री चैतन्यकृष्ण जी महाराजका अनुसार यस महामेलामा विश्वभरिकै गण्डकी एवम् शालग्राम भगवानका प्रेमी जन, विद्वान, सन्त तथा आचार्यहरूद्वारा दिव्य शास्त्र एवम् भक्तिको महिमाले परिपूर्ण कथा श्रवण गर्न पाइनेछ ।

महामेलामा करिब पाँच अरब तुलसीपत्र एवम् पवित्र उत्तरबाहिनी गण्डकी जलद्वारा सवा लाख दिव्य शालग्राम शिलाहरूको अभिषेक एवम् पूजन गरिने उनले जानकारी दिए ।

महायज्ञमा भगवान दामोदर, माता गण्डकी, शालग्राम शिला एवम् तुलसी महारानीको नित्य दिव्य महाआरती भैरहेको र प्रसिद्ध व्यक्तिहरू, धार्मक समाजसेवी, योगीहरू एवम् विशिष्ट वक्ताहरुद्वारा विशेष प्रवचन भैरहेको आयोजकले जनाएको छ । महामेलामा उत्तरबाहिनी गण्डकी महास्नान, तीर्थश्राद्ध एवम् उत्तरबाहिनी गण्डकी क्षेत्र परिक्रमा आदि कार्यक्रम पनि सम्पन्न हुने जनाइएको छ ।

११ कार्तिक २०८२, मंगलवार १४:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा