Play

नवनियुक्त मन्त्रीद्वय सुधा गौतम र बब्लु गुप्ताको शपथ ग्रहण, सुनार र श्रेष्ठ मन्त्रीबाट बाहिरिए

गुरुकुल खबर


पोखरा, सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका नवनियुक्त मन्त्रीद्वय सुधा गौतम (स्वास्थ्य तथा जनसंख्या) र बब्लु गुप्ता (युवा तथा खेलकुद) को शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त दुई मन्त्री गौतम र गुप्तालाई शपथ गराएका हुन। गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ भने शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री कार्की सहित राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुख सर्वोच्च अदालतका प्रधान न्यायधिस सहित सरकारका मन्त्रीहरु र उच्चपदस्थ सरकारी अधिकारीहरु सहभागी थिए।

यस अगाडी मन्त्रीमा सिफारिस गरिएका खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको भने अन्तिम अबस्थामा शपथ रोकिएको हो  ।उनीहरु बिरुद्द मुद्दा चलिरहेको कारण उनीहरुलाई मन्त्री बन्न बाट रोकिएको हो ।

सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिनेगरी राष्ट्रपतिसमक्ष सिफारिस गरिएको थियो। सुनारको नाममा चौतर्फी विवाद भएपछि प्रधानमन्त्री सुशीला कार्कीले थप छलफल गरेकी थिइन् । छलफलपछि सुनारसहित श्रेष्ठको पनि शपथ रोकिएको हो ।

तस्बिर- प्रदिपराज वन्त

सम्बन्धित समाचार ..

‘मन्त्री’ भन्दै सुनार र श्रेष्ठले बधाई खाए तर मन्त्री पदको शपथ खान पाएनन

‘मन्त्री’ भन्दै सुनार र श्रेष्ठले बधाई खाए तर मन्त्री पदको शपथ खान पाएनन

चारजना मन्त्री थप्ने तयारीमा प्रम कार्की, मन्त्रीमण्डल ११ सदस्यीय बन्ने

९ कार्तिक २०८२, आईतवार १५:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा