पोखरा, जेनेरेसन जेड (जेनजी) पुस्ताको नाममा भएको आन्दोलनका क्रममा पोखरा महानगरपालिकाको मुख्य कार्यालय सहित बिभिन्न वडा कार्यालयहरुमा दुई अरब रुपैया भन्दा बढीको क्षती भएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दिएको जानकारी अनुसार आन्मदोलनका कारण हानगरपालिकाको मुख्य कार्यालय, २६ वटा वडा कार्यालय, १३ वटा गाडी र ३६ वटा मोटरसाईकलहरुमा प्रदर्शनकारीहरुले आगजनी तथा तोडफोड गरेर क्षती पुर्याएका छन ।

यसैबीच जेनजी पुस्ताको नाममा भएको आन्दोलन पश्चात् उत्पन्न परिस्थितिका बिच प्रभावकारी सेवा प्रवाह, सुशासन अभिवृद्धि र सेवाहरूको चुस्त व्यवस्थापन लगायत विषयमा सुझाब लिन भन्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरको सल्लाहकार परिषद्का सदस्यहरुसंग छलफल गरेका छन ।
सल्लाहकार परिषद गठन गरिएको भएपनि कुनै भूमिका नदिएको र बैठक समेत नहुने गरेको गुनासो परिषद्का केहि सदस्यहरुले गरिरहेको बेला मेयर आचार्यले छलफल गरेको छन।
पोखरा महानगरपालिका सल्लाहकार परिषदका अध्यक्ष आनन्दराज मुल्मीको अध्यक्षतामा बैठक डाकेर परिषद्का सदस्यहरुसंग नगर प्रमुख आचार्यले छलफल गरेका हुन। छलफलका क्रममा महानगरपालिकाको आन्तरिक सेवा प्रवाहलाई चुस्त, छरितो र पारदर्शी बनाउने सम्बन्धमा परिषदका सदस्यहरुले सुझाव दिएका छन् ।

छलफलमा महानगरपालिकाका प्रमुख आचार्यले भदौ २३ र २४ को आन्दोलनका क्रममा महानगरपालिका र मातहतका कार्यालयहरूमा पुगेको क्षतिका विषयमा जानकारी गराएका थिए।
असहज परिस्थितिका बाबजुद नागरिकहरूको सेवालाई प्रभावित हुन नदिने गरी पोखरा सभागृह, साबिक महाशाखाहरू रहेको स्थान र दमकल लगायत स्थानबाट महानगरपालिकाको सेवा प्रवाह गरिरहेको नगर प्रमुख आचार्यले जानकारी गराएका थिए ।














