मुस्तांग, धार्मिक एबम पर्यटकीय दृष्टिकोणले राष्ट्रिय एबम अन्तराष्ट्रियस्तरमा चर्चीत मुक्तिनाथ मन्दिरको परिसरमा आयोजना गरिएको ६ महिने मुक्तिनाथ महोत्सब अर्थात महायज्ञ बिजया दशमीको दिन औपचारिक रुपमा बिसर्जन गरिएको छ। मुक्तिनाथ मन्दिर परिसरमा गत चैत्र २४ गते रामनवमीको दिनदेखि मुक्तिनाथ महोत्सबको नाममा महायज्ञ संचालन गरिएको थियो ।
मुक्तिनाथ मन्दिरका पिठाधीस समेत रहेका महायज्ञका संकल्पकर्ता जगतगुरु स्वामी कमलनयनाचार्यको उपस्थितमा बिहिबार विशेष पुजापाठ गरिनुको साथै भक्तजनहरुलाई दशैंको टिका र आशिर्बाद दिएर महायज्ञको औपचारिक समापन गरिएको हो ।
विश्वशान्ति, मानबकल्याण एबम सनातन धर्म, संस्कृतिको संरक्षण र प्रबर्दन सहित परापुर्बकाल देखिका देबभुमी र तपोभुमीलाई धार्मिक एबम पर्यटकीय दृष्टिकोणले उजागर गर्ने लक्षका साथ मुक्तिनाथ पिठाधिश स्वामी कमलनयन आचार्य अर्थात मुक्तिनाथ बाबाको संकल्पमा मुक्तिनाथ मन्दिर परिसरमा उक्त महायज्ञको आयोजना गरिएको हो।

समापन कार्यक्रममा सहभागी पोखराकी उर्मिला बस्नेतले गुरुकुल खबरलाई दिएको जानकारी अनुसार महायज्ञमा बेद, उपनिषद्, रामायण, महाभारत, पुराण, गीता लगायतका शास्त्रहरुको पाठ पारायण सहित धार्मिक अनुष्ठान गरिनुको साथै जडिबुटी र सर्ब रसयुक्त नरिवल समेत हवन गरिएको थियो। गत चैत्र १८ गतेका दिन नवलपरासीको गजेन्द्रमोक्ष दिब्यधामबाट मुक्तिनाथ मन्दिरसम्म श्रीगजेन्द्रमोक्ष -नारायण- मुक्तिनाथ रथयात्रा संचालन गरेर चैत्र २४ गते रथयात्राको समापनसंगै उक्त स्थानमा मुक्तिनाथ महोत्सबको शुरुवात गरिएकोमा असोज १६ गते महायज्ञको बिधिबत समापन गरिएको हो ।
नवलपुरको त्रिबेणीस्थित गजेन्द्रमोक्ष धामबाट शुरु भएको रथयात्रा देबघाट, पोखराको सन्तसेवा आश्रम, बाग्लुंगको पंचकोट हुँदै जोमसोम र मुक्तिनाथ मन्दिरको परिसरमा पुगेर अखण्ड भागवत नाम हरेराम संकिर्तन सहित महायज्ञको पुर्वांग गरिएको थियो। तर महायज्ञको समापनको लागि पनि मुक्तिनाथ मन्दिर परिसर वा महायज्ञस्थलबाट रथयात्रा शुरु गरि पुन गजेन्द्रमोक्षधाम पुर्याउने प्रयासमा सम्बन्धित संस्थाका व्यक्तित्वहरु सक्रियतापुर्बक लागिरहेको छन ।

मुक्तिनाथ महोत्सबको शुरुवातमा पोखरा लगायत विभिन्न क्षेत्रबाट धार्मिक, राजनीतिक एबम सामाजिक र सरकारको विभिन्न जिम्मेवारीमा रहेका व्यक्तित्वहरुको मुक्तिनाथ मन्दिर परिसरमा सहभागिता रहेकोमा समापनको दिन पनि केहि भक्तजनहरु सहित समाजको विभिन्न क्षेत्रमा प्रतिष्ठा कमाएका व्यक्तित्वहरुको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागी पोखराका तिर्थबहादुर बस्नेतले गुरुकुल खबरलाई जानकारी दिए । मुक्तिनाथको महायज्ञ सम्पन्न गरेर दशमीको टिका समेत मुक्तिनाथ मन्दिर परिसरमा लगाउने र त्यसपछि मुक्तिनाथ बाबासहितको टोलि त्रिबेणीधाम तर्फ गएको बताइएको छ।
मुक्तिनाथ पिठाधिश्वर मुक्तिनाथ बाबाको नेतृत्व र संकल्पमा एबम अखण्डज्योतीबाबा स्वामीश्रीजी च्यारिटेबल ट्रष्ट र नेपाल तिर्थस्थल विकास राष्ट्रिय समितिको तत्वाबधानमा भक्तपुरको पंचमहालक्ष्मी मन्दिर, नवलपरासीको गजेन्द्रमोक्ष दिब्यधाम, बाग्लुंग पंचकोटको सर्बसिद्धिधाम र शालग्राम संग्रहालय लगायतका विभिन्न स्थानलाई पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्ने लक्षसहित बिभिन्न स्थानमा यसकिसिमका महायज्ञ संचालन गर्ने लक्ष राखेको बुझिएको छ।

मुक्तिनाथ मन्दिर परिसर बाहेक अन्य स्थानमा पनि अन्य स्थानमा पनि मठ ,मन्दिर, शिक्षण संस्था, गौशाला, स्वास्थ्यसेवा, आश्रम जस्ता सेवामुखी संस्थाको स्थापना र संचालन भैरहेको मुक्तिनाथ सन्त सेवा आश्रम पोखराकी अध्यक्ष उर्मिला बस्नेतले जानकारी दिईन। बस्नेत सहितको टोलि महायज्ञको समापन कार्यक्रममा सहभागी बन्न मुक्तिनाथ पुगेको थियो ।
यसअगाडी बाग्लुंगको पंचकोटमा आयोजना गरिएको महायज्ञले त्यस क्षेत्रको भौतिक र पर्यटकीय विकाससंगै धार्मिक जागरण ल्याउन सहयोग पुगेको बताइन्छ। म्याग्दीको कालान्जर पहाडमा गत बैशाख २४ गतेबाट शुरु भएको १०८ श्रीमदभागवत ज्ञानमहायज्ञमा १ सय ८ आहुती गर्ने संकल्प रहेको थियो । तर, जेष्ठ २७ सम्ममा ५८ आहुती मात्र पुरा भएकोले हाल पाठ पारायणलाई मात्र निरन्तरता दिने र आगामी फागुन चैत्रमा पुन महायज्ञ संचालन गरेर त्यसलाई पूर्णता दिईने भएको छ।

कालान्जर पर्बत क्षेत्रलाई भगवान शिवको बासस्थानको रुपमा मात्र नभएर पबित्र तपोभुमीको रुपमा समेत वर्णित छ। कालिगण्डकीको सिरान तर्फ पर्ने कालान्जर पहाडको क्षेत्र म्याग्दीको अन्नपुर्ण गाउँ पालिका र जलजला गाउँपालिकाको सिमानामा रहेको बिकट क्षेत्रको रुपमा रहेको छ
स्वामी कमलनयन आचार्य अर्थात मुक्तिनाथ बाबाको संकल्पमा यस अगाडी भक्तपुरको साँगामा यहि जेष्ठको १४ देखि २२ गतेसम्म सात दिने महायज्ञ संचालन भएको थियो। नेपाल माता महिमा राष्ट्रिय महायज्ञ -२०८२ नाम दिईएको उक्त महायज्ञकै सन्दर्भमा जेष्ठ २२ देखि २५ गतेसम्म ब्रम्होत्सब समेत आयोजना गरिएको जानकारी स्वामी कमलनयन आचार्यकी शिष्य समेत रहेकी पोखराकी उर्मिला बस्नेतले गुरुकुल खबरलाई जानकारी दिईन ।

सम्बन्धित समाचार ..
सनातन संस्कृतिको रक्षा र धार्मिकस्थलको प्रबर्द्दनका लागि महायज्ञ र महोत्सब गर्दै ‘मुक्तिनाथ बाबा’















