पोखरा, पोखरा महानगरपालिका वडा न. २६ मा सूचना अधिकारीको रुपमा कार्यरत नवराज सापकोटालाई पितृशोक परेको छ। नवराजका बुवा एबम शैक्षिक तथा सामाजिक व्यक्तित्व पुष्पराज सापकोटाको ८० बर्षको उमेरमा बिहिबार बिहान निधन भएको हो। केहि दिनदेखि गम्भीर बिरामी परेका उनको उपचारकै क्रममा निधन भएको थियो। स्व. सापकोटाकी धर्मपत्नी उखुमाया सापकोटा, छोरी अम्बिका अधिकारी र छोरा नबराज सापकोटा रहेका छन अर्का एक छोराको भने पहिले नै निधन भएको थियो।
कास्कीको रुपा गाउँपालिका – १ स्यास्त्री पुरानो घर भएपनि पछिल्लो समय पोखरा महानगरपालिका-२७ तालचोकमा बस्दै आएका पुष्पराज सापकोटाको योगदान शैक्षिक एबम सामाजिक क्षेत्रमा महत्वपूर्ण रहेको थियो। उनले रुपास्थित पृथ्वीरुपा माध्यमिक बिद्यालयको संस्थापक प्रधानाध्यापकको रुपमा काम गरेका थिए।
यसका साथै कालिका माबि, रुपाको शैक्षिक एबम भौतिक बिकासमा समेत उनले महत्वपूर्ण योगदान पुर्याएका थिए उनले लामो समय बेगनास – विजयपुर सिंचाई आयोजनामा पनि काम गरेका थिए भने कास्की जिल्लाको उत्कृष्ट कृषकको रुपमा उनि तिन बर्षसम्म पुरष्कृत भएका थिए । तनहुँको दमौलीस्थित जिल्ल अस्पतालमा पिउने पानि उपलब्ध गराउन पनि स्व, सापकोटाको योगदान रहेको बुझिएको छ। स्व. सापकोटाको बिहिबार नै पोखरा -२७ को मरेखरे घाटमा अन्त्येष्टि गरिएको थियो ।
नवराज सापकोटा पोखरामा रहेर लामो समयदेखि संचारकर्मीको रुपमा समेत क्रियाशील छन। उनले आंफ्नो बुवाको निधन पछि सामाजिक संजाल फेसबुकमा ‘बुवाको जिबनकालमा एउटा छोराको कर्तब्य पुरा गर्न सके वा सकिन’ भन्ने प्रश्न गर्दै बुवा नै आंफ्नो र परिवारको लागि सबैभन्दा बलियो र शक्तिशाली व्यक्ति भएको उल्लेख गरेका छन। उनले भावुक हुँदै लेखेको स्टेटस यस प्रकार छ ।
उनले भनेका छन
‘अल बिदा बाबा ………..
एउटा छाेराकाे कर्तव्य कति पूरा गर्न सके, सकिन ……
मेराे आदर्श, पथ-प्रदर्शक, प्रगतिको उत्प्रेरक, हौसलाको स्रोत, मेराे हिम्मत, सुरक्षा कवच , सन्तानको सहारा, सन्तानको पहिलो मार्गदर्शक , परिवारका लागि संसारको सबैभन्दा बलियो र शक्तिशाली व्यक्ति ।
बा
तपाईं प्रति
हार्दिक श्रद्वासुमन ।
हजुरका असल कर्मले हामीलाई सधै डाेर्याईरहनेछ । हजुरकाे भाैतिक शरीर नभए पनि सम्मपूर्ण कृतिस्व छाडेर महाप्रस्थान गर्नु भएकाे छ । ती हाम्रा लागि अमुल्य नीधिका रूपमा रहेका छन् ।
बैकुण्ठ बासका लागि भगवानसँग प्रार्थना गर्दछु ।
भावपूर्ण श्रद्धाञ्जली ।’















