पोखरा, जेनजी पुस्ताको नाममा भएको आन्दोलनका क्रममा भदौ २४ गते आगजनी, तोडफोड र लुटपाट गरिएको पोखरा इभेन्ट सेन्टरका संचालकहरुले राजनीतिक र व्यक्तिगत स्वार्थप्रेरित आपराधिक गिरोहको घुसपैठका कारण इभेन्ट सेन्टर सहितका निजि सम्पति र संरचना ध्वस्त पारिएको भन्दै यसबाट करोडौं रुपैयाँ बराबरको क्षति पुगेको जनाएका छन।

यस घटनाले लगानीकर्तामा नकारात्मक असर पर्नुको साथै पर्यटन प्रबर्दन र भविष्यका योजनाहरूलाई समेत असुरक्षित बनाएको उल्लेख गर्दै उनीहरुले संयुक्त रुपमा जारी गरेको बिज्ञप्तीमा नेपालमै बसेर काम गर्न खोज्नु नै गल्ती भयो कि भनेर सोच्न बाध्य बनाएको उल्लेख गरेका छन ।
पोखरा इभेन्ट्स सेन्टरका तर्फबाट अध्यक्ष ई. रामचन्द्र पोखरेल एबम संचालक/ निर्देशकहरु राजेन्द्र बाटाजु, सिए लक्ष्मण अधिकारी, टिकादेवी अर्याल र प्रबन्ध निर्देशक शिवराज आचार्यले संयुक्त रुपमा जारी गरेको बिज्ञप्तीमा घटनाको निष्पक्ष छानबिन गरी कानुनअनुसार कारबाही गर्न माग गरिएको छ । पांचजना संचालकहरु पोखरामा रहेर अन्य विभिन्न ब्यबसायमा समेत सक्रिय रहँदै आएका छन ।
पोखरा इभेन्ट सेन्टरमा दुई हजार क्षमताको एउटै हल, पाँच हजारसम्मलाई सेवा दिनसक्ने क्षमता, आठवटा बहुउद्देश्यीय हल रहेको र ३५ जनालाई पूर्णकालीन र सयौंलाई आंशिक रोजगारी दिईएको थियो भने पोखराको पर्यटन प्रबर्दन, रोजगारी सिर्जना, प्रवासी नेपालीहलाई लगानीमा आकर्षण गर्नुको साथै अन्तर्राष्ट्रिय सभा सम्मेलन र सांस्कृतिक कार्यक्रम गर्न पोखरामा उपयुक्त संरचना बनेको बिज्ञप्तीमा स्मरण गरिएको छ ।”

बिज्ञप्ती मार्फत संचालकहरुले लगानीकर्ताको रुपमा पिडा पोख्दै भनेका छन, ‘हामीमध्ये धेरै साथीहरू विदेशिने प्रवृत्तिबीच स्वदेशमै केही गर्नुपर्छ भन्ने साहसका साथ बैंकबाट करोडौं कर्जा लिई लगानी गर्ने आँट गरेका थियौं । हामीले त्यसबेला राजनीतिक अस्थिरता, कोभिड सिर्जित आर्थिक मन्दी र निराशाका बिचमा पनि उद्यमशीलता र रोजगारी सिर्जनामा जोड दिएर लगानी गरेको तर पछिल्ला घटनाक्रमका कारण “नेपालमै बसेर केहि गर्न खोज्नु र ठूलो लगानी गर्नु गल्ती भयो कि?” भन्ने सोच्न बाध्य बनाएको छ ।
“हामी कठिन परिस्थितिबीच पनि सहकर्मी उद्यमीहरूको आँट, कर्मचारीहरूको व्यवसायिकता, बैंकिङ साझेदारको समझदारीपूर्ण व्यवहार, शुभेच्छुक र ग्राहकहरूको विश्वासका आधारमा चाँडै परिष्कृत सेवासहित नविन सोचका साथ फेरि उठ्ने प्रतिबद्धता गर्दछौँ ।” बिज्ञप्तीमा उल्लेख छ ।
बिज्ञप्तीको पूर्ण पाठ यस प्रकार छ ..

















