पोखरा, पोखरा महानगरपालिका -९ नागढुङ्गाका महिलाहरुको संस्था नागढुंगा आमा समूहको २२औँ वार्षिक साधारण सभा तथा सातौं अधिवेशन सम्पन्न भएको छ ।अधिबेशनले आगामी तीन वर्षका लागि कमला श्रेष्ठलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । शनिबार सम्पन्न अधिबेशनबाट निर्बिरोध निर्बाचित १३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा सीमा लामिछाने, सचिवमा पुष्पा गिरी, सहसचिवमा पार्वती अधिकारी कोषाध्यक्षमा मैयादेवी श्रेष्ठ तथा सहकोषाध्यक्षमा बबिता राजभण्डारी चयन भएका छन ।
नवनिर्बाचित कार्यसमितिको सदस्यहरूमा मथुरा गिरी, कमला काप्री, अम्बिका लामिछाने, सुमिना तुलाचन, आशा जिसी, तारा क्षेत्री र सृजना काफ्ले चयन भएको स्थानीय पत्रकार बिनोद लामिछानेले गुरुकुल खबरलाई जानकारी दिएका छन ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नागढुङ्गा आमा समूहको संस्थागत विकासमा आफ्नो बलबुताले भ्याएसम्म पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्दै समाजका गतिविधीमा समुहलाई समेटेर अघि बढ्ने कुरामा जोड दिईन । समूहका सल्लाहकार दुर्गाराज गिरी संयोजक तथा पवित्र गिरी र विनोद लामिछाने सदस्य रहेको निर्वाचन समितिले अधिवेशन सम्पन्न गरेको हो ।
यसअघि पोखरा महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले एक समारोहका विच अधिवेशनको उद्घाटन गरेका थिए ।उद्घाटन समारोहमा पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य गोविन्द तुलाचन, वडा सदस्यहरू लक्ष्मी पहारी, गीता चर्मकार, समुहका निवर्तमान अध्यक्ष लक्ष्मी गिरी, नागढुङ्गा टोल विकास संस्थाका अध्यक्ष विष्णु प्रसाद सुवेदी,कृषी सञ्जाल वडा नम्बर ९ का अध्यक्ष बिमला रानाभाट लगायतले शुभकामना प्रकट गरेका थिए ।
समारोहमा नागढुंगा आमा समूहको भौतिक एवं आर्थिक विकासमा सहयोग गर्ने सहयोगीहरू सुकमाया राजभण्डारी, शान्ति श्रेष्ठ, शिवप्रसाद सुवेदी, लक्ष्मी गिरी, पार्वती क्षत्री, पूर्णबहादुर परियार लगायतलाई सम्मान गरिएको थियो । अम्बिका लामिछानेलाई समुहले सक्रिय सदस्यका रुपमा सम्मान गरेको थियो ।
समूहका निवर्तमान अध्यक्ष कमला केसीको अध्यक्षतामा भएको समारोहमा उपाध्यक्ष कमला श्रेष्ठले स्वागत तथा सचिव सिमा लामिछानेले कार्यक्रम संचालन गर्नुको साथै बार्षिक प्रतिबेदन प्रस्तुत गरेकी थिईन भने कोषाध्यक्ष पुष्पा गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन।















