Play

पोखराको नदीपुरस्थित नारायणस्थान मन्दिरमा चरणवद्ध रुपमा विभिन्न धार्मिक अनुष्ठान हुने

गुरुकुल खबर


पोखरा, पोखराको नदीपुरस्थित नारायणस्थान मन्दिरमा विभिन्न धार्मिक अनुष्ठानहरु संचालन गरिने भएको छ । गत असार २२ गतेदेखि चर्तुमास यज्ञको साथै हिमालय सिद्धमहायोग ध्यान साधना सञ्चालन गर्दै आएको महायोगी सिद्धवावा आध्यात्मिक प्रतिष्ठान पोखराले अन्य विभिन्न धार्मिक अनुुष्ठानहरू पनि गर्न लागेको पोखरामा शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिईएको छ ।

अनन्तश्री विभूषित रामानन्दाचार्य स्वामी श्रीरामकृष्णाचार्य महायोगी सिद्धबाबाको उपस्थितिमा हरेक दिन बिहानको समयमा सिद्धमहायोग ध्यान साधना भैरहेको छ भने दिउँसो नवग्रह शान्ति, नाडी जाँच, आर्युवेदिक उपचारको साथै रुद्रीपुजा  र साँझ सत्संग लगायतका कार्यक्रम भैरहेको प्रतिष्ठानका अध्यक्ष बिष्णुप्रसाद शर्माले जानकारी दिए ।

उल्लिखित नियमित कार्यक्रमका अतिरिक्त सोह्र श्राद्धको अवसरमा यहि भाद्र २२ गते देखि असोज ५ गतेसम्म पितृयज्ञ हुने र उक्त यज्ञमा बराहक्षेत्रका पुजारी पण्डित योगेश भण्डारीबाट गरुड पुराणको पाठ, बराह पुराण तथा भानुभक्त रामायणको प्रवचन हुने नारायणस्थान धार्मिक क्षेत्र विकास समिति नदिपुरका अध्यक्ष महेश पराजुलीले बताए ।

यसैगरी नेपालीहरुको महान चाड दशैं अर्थात नवरात्र महापर्वका अवसरमा असोज ६ गते देखि १५ गतेसम्म सहस्र चण्डी महायज्ञको आयोजना गरिने भएको छ। जस अन्तर्गत नियमित साधनाको साथमा बिहान सहस्रचण्डी महायज्ञ सञ्चालन हुने बुझिएको छ । यस यज्ञवाट कर्ताहरुको साथै समुदायमा दुर्गा भवानीको असीम कृप्रा प्राप्त हुने आयोजकको दाबि छ ।

त्यस्तै पितृयज्ञ र सहस्रचण्डी महायज्ञ सम्पन्न भएपछि दीपावली र लक्ष्मीपूजाको अवसरमा धन, ऐश्वर्य र समृद्धि प्राप्तिका लागि असोज ३१ गते देखि कार्तिक ४ गतेसम्म श्रीविद्या एवम् श्रीमहालक्ष्मी महायज्ञ आयोजना गरिने बताइएको छ । यो यज्ञ पनि बिहानको नियमित साधना पछि संचालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

कार्यक्रममा अनुष्ठान कार्यक्रमका संयोजक विश्वप्रकाश प्रसाईले भौतिक विकाससँगै मानिसमा आध्यात्मिक चिन्तन, सनातन संस्कार र कर्मयोगी व्यवहारमा ह्रास आउंदै गएको कारण यस किसिमका अनुष्ठान आयोजना गरिएको बताइएको छ। आध्यात्मिक ज्ञानको माध्यमवाट सोच र आचरणमा शुद्धता, योगको माध्यमवाट शारिरिक तन्दुरुस्ती र संयोजित विकासको माध्यमवाट भौतिक आवश्यकताको परिपुर्तिको राष्ट्रिय अभियान अनन्तश्री विभूषित रामानन्दाचार्य स्वामी श्रीरामकृष्णाचार्य महायोगी सिद्धबाबाले संचालन गरिरहेको त्यस अबसरमा जानकारी दिईयो।

पोखरालाई धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गरी मुक्तिनाथदेखि देवघाटसम्मका सवै पवित्र धार्मिक स्थलको संरक्षण र सम्बर्द्दन गर्दै यस क्षेत्र र मुलुकको राष्ट्रिय समृद्धिमा योगदान पुर्याउने संकल्प महायोगी सिद्धबाबाको रहेको प्रसाईंले उल्लेख गरे । गुरुकृपा, पितृकृपा, दुर्गाकृपा र महालक्ष्मीजीको दिव्यकृपा एकैसाथ प्राप्त गर्ने अवसर बिरलैमात्र प्राप्त हुने भन्दै पत्रकार सम्मेलनमा यस किसिमको अनुष्ठानबाट लाभ लिन सबैसंग आग्रह समेत गरिएको थियो।

२० भाद्र २०८२, शुक्रबार २२:३३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा