Play

बीपी कोइराला स्मृति साहित्य सम्मान डा. बेन्जु शर्मालाई र बीपी सेनानी सम्मान पुरस्कार अर्जुन खड्कालाई दिईने

गुरुकुल खबर


पोखरा, जननायक बीपी कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्षको बीपी जन्मजयन्तीका अवसरमा प्रदान गर्दै आएको बीपी कोइराला स्मृति साहित्य सम्मान पुरस्कार र बीपी कोइराला स्मृति प्रजातन्त्र सेनानी सम्मान पुरस्कार यस बर्ष वरिष्ठ साहित्यकार डा. बेन्जु शर्मा र अर्जुन खड्कालाई प्रदान गरिने भएको छ ।

यस बर्ष ११२औं बीपी जन्मजयन्ती मनाउने क्रममा वर्ष २०८२ को बीपी साहित्य सम्मान पुुरस्कार वरिष्ठ साहित्यकार डा. बेन्जु शर्मा (काठमाडौं) लाई र बीपी सेनानी सम्मान पुरस्कार प्रजातन्त्र स्थापनाको संघर्षमा महत्वपूर्ण योगदान पुर्‍याउने अर्जुन खड्का (उदयपुर) लाई प्रदान गर्ने निर्णय ट्रष्टले गरेको छ ।

बीपी साहित्य सम्मान पुरस्कारको राशी नगद एक लाख एक हजार रुपैया र सम्मान पत्र रहेको छ भने बीपी सेनानी सम्मान पुरस्कारको राशी नगद ५१ हजार रुपैया र सम्मानपत्र रहेको छ ।

जननायक बीपी कोइराला स्मृति ट्रष्ट पुरस्कार छनौट समितिका संयोजक रामचन्द्र पोखरेल एबम सदस्यहरु श्रीमती किरण यादव र बागमती प्रदेश सांसद हरिप्रभा श्रेष्ठ खड्गीको सम्मिलित छनोट समितिको बैठकले गरेको निर्णयका आधारमा दुवै पुरस्कार प्रदान गरिने भएको हो ।

दुवै सम्मान एबम पुरस्कारहरु राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा यहि भाद्र २४ गते मंगलबार राष्ट्रपति कार्यालय, शितलनिवासमा हुने विशेष समारोहमा प्रदान गरिने कार्यक्रम रहेको छ ।

गत वर्ष २०८१ को साहित्य सम्मान द्वारिका श्रेष्ठ (काठमाडौं) र प्रजातन्त्र सेनानी सम्मान भोजराज भण्डारी (कास्की) लाई प्रदान गरिएको थियो । यी सम्मान तथा नगद पुरस्कारहरु बीपी ट्रष्टले जननायक बीपी कोइरालाको शतवार्षिक वर्ष २०७१ बाट निरन्तर प्रदान गर्दै आएको ट्रष्टका महासचिब रामचन्द्र पोखरेलले गुरुकुल खबरलाई जानकारी दिएका छन ।

१८ भाद्र २०८२, बुधबार १७:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा