Play

कांग्रेस नेता एबम पुर्ब उपप्रधानमन्त्री श्रेष्ठ हिमालय सिद्धमहायोग ध्यान केन्द्रद्वारा पोखरामा सम्मानित

गुरुकुल खबर


  • शिरोमणी बराल / गुरुकुल खबर 

पोखरा, हिमालय सिद्ध महायोग ध्यान साधना केन्द्र पोखराले धार्मिक एवं सामाजिक क्षेत्रमा योगदान गरेको भन्दै नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई सम्मान सम्मान गरेको छ । श्रेष्ठलाई शनिबार पोखरामा आयोजित एक समारोहमा स्वामी रामानन्द पद प्रशिक्षित जगतगुरु स्वामी रामाकृष्णाचार्य महायोगी सिद्धवावाले दोसल्ला र सम्मान पत्र प्रदान गरि सम्मान गरेका थिए ।

त्यस अबसरमा बोल्दै महायोगी सिद्धवावाले धर्म, संस्कृति र संस्कारले मानिसलाई सभ्य नागरिक बन्न सहयोग पुग्ने बताए। नेपालको मुक्तिनाथ क्षेत्रमा भारतीय सहित अन्य मुलुकबाट लाखौ पर्यटक आउने गरेको भएपनि राजनीतिक दल र नेताहरुले धर्मलाई पर्यटनसँग जोडेर नयाँ कार्यक्रम ल्याउन नसकेकोमा चिन्ता प्रकट गरे।

नेताहरु देश र जनता प्रति उत्तरदायी हुँदै देशको पहिचान, धर्म र संस्कृति सहित राष्ट्रियता जोगाउनुपर्नेमा जोड दिंदै महायोगी सिद्धबाबाले  मुक्तिनाथ र दामोदर कुण्डमा जाने पर्यटकहरुलाई पोखरामा रहंदा बसोबास गर्ने स्थानको रुपमा नारायणस्थानलाई विकास गरी वृहत साधना केन्द्र निर्माण गर्नुपर्नेमा समेत जोड दिए ।

उक्त अबसरमा सम्मानित व्यतित्व  एबम कांग्रेस नेता गोपालमान श्रेष्ठले धर्मप्रति आस्था राख्ने मानिसहरु धेरै भएकाले उनीहरुको भावनालाई समेट्दै दलहरु अगाडि वढ्नुपर्ने आबश्यकता औंल्याए । श्रेष्ठले आँफुलाई धार्मिक व्यतित्व र शिवजीको भक्त रुपमा परिचय गराउंदै आँफुले    लामोसमयदेखिको राजनीतिक जीवनकालमा जनताप्रतिको सेवाभावलाई नै प्राथमिकतामा राखेको स्मरण गरे।

त्यस अवसरमा नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नेपालको मुस्ताङमा अवस्थित मुक्तिनाथ र दामोदर कुण्डमा जाने धार्मिक पर्यटक पोखराको नारयण स्थानमा एक रात बसेर जाने वातावरण बनाउन आश्रम निर्माण गर्नुपर्ने खाँचो औंल्याए। कार्यक्रममा साधना केन्द्रका सचिव रेशम खड्काले केन्द्रले संचालन गरिरहेका गतिविधिको बारेमा जानकारी दिंदै धर्म र संस्कृतिको जगेर्ना गर्न सबैको ध्यान जानुपर्ने कुरामा जोड दिए ।

पोखरा महानगरपालिका –३ नदीपुरस्थित नारायणस्थानमा चर्तुमासको अवसर पारेर हिमालय सिद्धमहायोग ध्यान साधना केन्द्रले पारम्परिक उपचार एवं चर्तुमास व्रत सम्बन्धि विभिन्न धार्मिक अनुष्ठानहरु संचालन गरिरहेको छ । महायोगी सिद्धवावाले शनिबार देखि नै पोखराको नारायणस्थानमा योगोपचार, ग्रह दोष निवारण, मन्त्रोपचार, आयुर्वेचार, सत्सङ समेत संचालनमा ल्याएको बुझिएको छ ।

१४ भाद्र २०८२, शनिबार २३:०२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा