Play

मनांग प्रदेश सभा-२ मा कात्तिक १७ मा उपनिर्बाचन, २०८१ मङ्सिरबाट नै मनांगेलाई पदमुक्त गर्ने अदालतको ठहर

गुरुकुल खबर


काठमाडौँ,  निर्वाचन आयोगले गण्डकी प्रदेशको मनाङ जिल्लाको प्रदेश सभा २ मा आगामी कात्तिक १७ गतेको दिन उपनिर्वाचन गर्न मिति तोकेको छ। सर्वोच्च अदालतले मनाङ प्रदेश सभा २ बाट निर्वाचित प्रदेश सांसद दीपक मनाङे (राजीव गुरुङ)को पदमुक्त सम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक गरे लगत्तै निर्बाचन आयोगले कत्तिक १७ गतेको लागि निर्बाचनको मिति तोकेको हो ।

यस अगाडी निर्बाचन आयोगले कात्तिक १७ गतेको लागि रुपन्देही जिल्लाको निर्बाचन क्षेत्र न. ३ को उपनिर्वाचनको मिति तोकेको थियो। सोहि समयमा मनांगमा निर्बाचनको मिति तोक्ने कुरा भने मनाङेको ज्यान मुद्दासम्बन्धी फैसलाको पूर्णपाठ नआएकै कारण  हुन सकेको थिएन ।

सर्वोच्चले सोमबार पूर्णपाठ सार्वजनिक गरेसँगै आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गण्डकी प्रदेशको मनांग प्रदेश सभा २ मा पनि अब कात्तिक १७ गते नै उपनिर्वाचन हुने बताए ।  ‘सर्वोच्च अदालतको फैसलाले अब आयोगलाई प्रक्रिया अघि बढाउन सहज भएको छ, ‘दल दर्ता लगायतका प्रक्रिया छोट्याएर भएपनि कात्तिक १७ गते नै उपनिर्वाचन हुन्छ’ भण्डारीले भनेका छन।

सर्वोच्चले ज्यान मार्ने उद्योग मुद्दामा अन्तिम फैसला भएको मिति २०८१ मंसिर २० देखि नै मनाङे गण्डकी प्रदेश सभा सदस्य पदबाट पदमुक्त हुने ठहर गरेको छ । उनी २०८१ मंसिर २७ गतेदेखि डिल्लीबजार कारागारमा छन् । अब सोही मितिदेखि उनको पद रिक्त भएको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न पनि अदालतले आदेश दिएको छ । यसरी, निर्वाचन जिते पनि फौजदारी मुद्दाको अन्तिम फैसलाले पदको योग्यतामा असर पार्ने यो नजिरले भविष्यका लागि पनि महत्त्वपूर्ण कानुनी व्याख्या स्थापित गरेको छ ।

यस अगाडी सर्वोच्च अदालतको संवैधानिक इजलासले गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङे(राजीव गुरुङ) लाई पदमुक्त गर्ने फैसला सुनाएको थियो । ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतबाटै भएको अन्तिम फैसलाले उनी प्रदेश सभा सदस्य पदमा रहिरहन अयोग्य भएको ठहर गर्दै इजलासले उनलाई पदमुक्त गरेको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले मनाङेको पदमुक्त हुने मुख्य आधार ज्यान मार्ने उद्योग मुद्दामा भएको सर्वोच्चको संयुक्त इजलासको फैसलालाई पहिलो आधार मानेको छ ।

मनाङे प्रदेशसभा सदस्य हुन अयोग्य भएको भन्दै उनको उम्मेदवारी नै खारेज गराउने माग सहित अधिवक्ता वीरेन्द्रराज कार्कीले निर्वाचन आयोगविरुद्ध २०७९ पुस ११ मा रिट दायर गरेका थिए।   प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र डा. कुमार चुडालको संवैधानिक इजलासले गरेको फैसलाको पूर्णपाठमा मनाङेको योग्यता निर्वाचनको समयमा भन्दा पनि अन्तिम सजाय तोकिएपछि गुमेको स्पष्ट पारेको छ।

१० भाद्र २०८२, मंगलवार १७:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा