Play

पोखरा महानगरको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल, प्रमुख र उपप्रमुख समेतबाट स्वागत

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नेपाल सरकारका सहसचिब मुक्तिराम अर्यालले सम्हालेका छन। लोक सेवा आयोगको कार्यालय जलेश्वरमाबाट पोखरामहानगर पालिकामा सरुवा भएर आएका अर्यालले निजामती सेवामा लामो अनुभव संगालेका छन।

पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी सम्हाल्दै अर्यालले पर्यटकीय राजधानीको रुपमा रहेको पोखरा महानगरपालिका कार्यालयबाट हुने सेवा प्रवाह, विकास निर्माण र सुशासन प्रवर्द्धनलाई प्रभावकारी बनाउने प्रतिबद्धता ब्यक्त गरे ।  उनले पोखरा महानगरकापालिकाबाट दिईने सेवालाई चुस्त र प्रभावकारी बनाउन र पारदर्शी समन्वयमा समेत जोड दिए ।

त्यस अबसरमा बोल्दै महानगर प्रमुख आचार्यले प्रमुख प्रशासकीय अधिकृत अर्याललाई पोखराको विकास प्रक्रियालाई गति दिंदै नागरिकहरूको सेवालाई पारदर्शी र जबाफदेही बनाउने सन्दर्भमा कर्मचारी संयन्त्रको प्रभावकारी परिचालन गर्ने ध्यान दिन आग्रह गरे।

पोखरा महानगरपालिकाका उपप्रमुख  मंजुदेबी गुरुङले समन्वय र सहकार्यलाई अघि बढाउँदै समृद्ध पोखरा निर्माणका लागि योगदान गर्ने दिशामा सबै मिलेर हातेमालो गर्नुपर्ने खाँचो औंल्याइन ।

प्रमुख प्रशासकीय अधिकृत अर्याललाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य सहित उपप्रमुख मन्जुदेवि गुरुङ, महानगरका प्रवक्ता मोतीलाल तिम्सिना, नेपाली कांग्रेस संसदीय दलका नेता दिवसमान प्रधानाङ्ग, नेकपा एमाले संसदीय दलका नेता राधिका कुमारी शाही योगी सहित विभिन्न महाशाखाका प्रमुख, शाखाका प्रमुख र कर्मचारीहरूले स्वागत गरेका थिए ।

९ भाद्र २०८२, सोमबार १८:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा