Play

कांग्रेसका युवा नेता बराललाई मातृशोक, आमा शिवकुमारीको ७८ बर्षको उमेरमा निधन

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -१३ का सामाजिक एबम राजनीतिक व्यक्तित्व राम बराललाई मातृशोक परेको छ । बरालकी आमा शिबकुमारी बरालको उपचारकै क्रममा पोखरामा निधन भएको हो। सामाजिक एबम धार्मिक क्षेत्रमा रुची राख्ने बरालको ७८ बर्षको उमेरमा निधन भएको हो ।

बराल बिगत चार बर्ष देखि क्यान्सर रोगका कारण पिडित रहेको र काठमाडौँ र पोखराका अस्पतालहरुमा उनको उपचार गरिएको थियो। पछिल्लो समय गत मंगलावार उनको स्वास्थ्य गम्भीर बनेपछि पोखराको फिस्टेल अस्पतालमा उपचारको लागि भर्ना गरिएकोमा उपचारकै क्रममा शनिबार राति निधन भएको हो।

स्व. बरालका एक छोरा राम बराल र एक छोरी इन्दिरा बराल रहेकोमा छोरा राम नेपाली काँग्रेसका क्षेत्रिय प्रतिनिधि समेत हुन। उनि युवाहरु माझ लोकप्रिय मानिन्छन ।

स्व बरालको अन्त्येष्टि पोखरा -१० रामघाटमा आइतबार गरिएको थियो। उनि प्रति अन्तिम श्रद्दान्जली अर्पण गर्न नेपाली काँग्रेस र नेकपा एमालेसहित विभिन्न राजनीतिक दलका नेता र कार्यकर्ता र जनप्रतिनिधिहरु रामघाटमा पुगेका थिए ।

बरालको परिवारको पुरानो घर पोखरा- १३ आर्बामा भएपनि पछिल्लो समय उनको परिवार पोखरा -१३ बाँझापाटनमा बसोबास गर्दै आएको छ। स्व. बराल तत्कालिन आर्बा गाउँ पंचायतका प्रधानपंच नाबिनचन्द्र बरालकी धर्मपत्नी हुन ।

८ भाद्र २०८२, आईतवार १९:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा