पोखरा, पोखरा महानगरपालिका -१३ का सामाजिक एबम राजनीतिक व्यक्तित्व राम बराललाई मातृशोक परेको छ । बरालकी आमा शिबकुमारी बरालको उपचारकै क्रममा पोखरामा निधन भएको हो। सामाजिक एबम धार्मिक क्षेत्रमा रुची राख्ने बरालको ७८ बर्षको उमेरमा निधन भएको हो ।
बराल बिगत चार बर्ष देखि क्यान्सर रोगका कारण पिडित रहेको र काठमाडौँ र पोखराका अस्पतालहरुमा उनको उपचार गरिएको थियो। पछिल्लो समय गत मंगलावार उनको स्वास्थ्य गम्भीर बनेपछि पोखराको फिस्टेल अस्पतालमा उपचारको लागि भर्ना गरिएकोमा उपचारकै क्रममा शनिबार राति निधन भएको हो।
स्व. बरालका एक छोरा राम बराल र एक छोरी इन्दिरा बराल रहेकोमा छोरा राम नेपाली काँग्रेसका क्षेत्रिय प्रतिनिधि समेत हुन। उनि युवाहरु माझ लोकप्रिय मानिन्छन ।
स्व बरालको अन्त्येष्टि पोखरा -१० रामघाटमा आइतबार गरिएको थियो। उनि प्रति अन्तिम श्रद्दान्जली अर्पण गर्न नेपाली काँग्रेस र नेकपा एमालेसहित विभिन्न राजनीतिक दलका नेता र कार्यकर्ता र जनप्रतिनिधिहरु रामघाटमा पुगेका थिए ।
बरालको परिवारको पुरानो घर पोखरा- १३ आर्बामा भएपनि पछिल्लो समय उनको परिवार पोखरा -१३ बाँझापाटनमा बसोबास गर्दै आएको छ। स्व. बराल तत्कालिन आर्बा गाउँ पंचायतका प्रधानपंच नाबिनचन्द्र बरालकी धर्मपत्नी हुन ।