Play

कांग्रेसका गगन थापा र रास्वपाका अमरेश सिंहको चुनाबी क्षेत्रमा बिबादका कारण रोकिएको मतदान पुन शुरु

गुरुकुल खबर


सर्लाही, नेपाली काँग्रेसका सभापति गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमरेश कुमार सिंह उमेदवार रहेको सर्लाहीको निर्बाचन क्षेत्रमा दुई पार्टीका कार्यकर्ताहरुबीच उत्पन्न बिबादका कारण रोकिएको सर्लाही -४ अन्तर्गत पर्ने बलरा नगरपालिका–४ स्थित एक मतदान केन्द्रमा मतदान कार्य पुनः सुरु भएको छ ।

उक्त पालिका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहको क्षेत्र हो । केहीबेरअघि उम्मेदवार सिंह पनि मतदान केन्द्रमा पुगेका थिए। उनी पुगेपछि विवाद भएको विपक्षी पक्षले आरोप लगाएका छन् ।

प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसहित सुरक्षा अधिकारीहरू घटनास्थलमा पुगेपछि विवाद मिलाइएको हो । बलरा–४ मा रहेको श्री प्राथमिक विद्यालयस्थित मतदान केन्द्रमा दुई पक्षका कार्यकर्ताबीच विवाद भएको थियो।

यसअघि बलरा–१ मा पनि केही समय तनावको स्थिति बनेको थियो। त्यसअघि सर्लाहीको बलरा नगरपालिकाकै अर्को केन्द्रमा प्रतिनिधिबीच विवाद हुँदा ढुंगामुढा भएको थियो । विवाद बढ्दै गएपछि कांग्रेस र रास्वपाका कार्यकर्ताबीच झडप भएको जनाइएको छ ।

उक्त केन्द्रमा बिहानैदेखि विवाद भइरहेकाले केही समय मतदान स्थगित गरिएको थियो । करिब आधा घण्टापछि स्थिति सामान्य बनाउने प्रयास गरिएको छ । घटनापछि प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका अधिकारीहरू केन्द्रमा पुगेर अवस्था नियन्त्रणमा लिएका थिए ।

२१ फाल्गुन २०८२, बिहीबार १४:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा