Play

दिउँसो १ बजेसम्म कास्कीमा ३३ प्रतिशत वा १ लाख १ हजार मत खस्यो, १५५ सवारी साधन नियन्त्रणमा

गुरुकुल खबर


पोखरा, प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा कास्कीका तीनै निर्वाचन क्षेत्रमा बिहीबार मध्यान्ह १ बजेसम्ममा करिब ३३ प्रतिशत मत खसेको छ। जस अनुसार ५१ हजार २१५ महिला मतदाता, ५० हजार ३९६ पुरुष मतदाता र १ जना अन्य मतदाता गरि १ लाख १ हजार ६१२ जनाले मतदान गरिसकेको छन । बिहान ७ बजेबाट सुरु भएको मतदान कार्यमा बिहानको तुलनामा ११/१२ बजेपछि मतदाताको चहलपहल बढेको छ प्रदेश निर्वाचन कार्यालय कास्कीका अनुसार कास्कीमा उत्साहजनक रुपमा मतदान भैरहेको छ।

प्रदेश निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले दिउँसो १ बजेसम्म जिल्लाभर ३३ प्रतिशत मतदान भएको जानकारी दिए। उनले भने, ‘बिहानदेखि नै मतदान केन्द्रहरुमा मतदाताको उपस्थिती राम्रो देखिएको छ। हालसम्म कुनै अप्रिय घटना वा समस्या आएको छैन।’ उनका अनुसार मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ र त्यसपछि मतपेटिका सुरक्षित रुपमा संकलन गरी मतगणनाको तयारी गरिनेछ।

कास्की–१ मा १ लाख १६ हजार ८७८ मतदाता रहेका छन्। यस क्षेत्रमा १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकोमा नेपाली कांग्रेसका तिलक बहादुर रानाभाट, नेकपा एमालेका वैन बहादुर क्षेत्री अधिकारी, नेपाली कम्युनिस्ट पार्टीका राजकाजी गुरुङ र  राष्ट्रिय स्वतन्त्र पार्टीका खडकराज पौडेलको बिचमा प्रतिष्पर्धा हुने देखिएको छ। यस क्षेत्रमा कास्कीका रुपा र मादी दुई गाउँपालिकाका अतिरिक्त पोखरा महानगरपालिकाका ११ वटा वडा रहेका छन

कास्की–२ मा ८४ हजार १३३ मतदाता छन्। यस क्षेत्रमा नेपाली कांग्रेसबाट माधव प्रसाद वांस्तोला, नेकपा एमालेबाट रश्मि आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उत्तमप्रसाद पौडेल, नेपाल मजदुर किसान पार्टीबाट बिनिता अवाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हेमजंग गुरुङ लगायतका  उम्मेदवारहरु  चुनाबी प्रतिष्पर्धामा छन्। यस क्षेत्रमा पोखरा महानगरपालिकाका ११ वडा मात्र रहेका छन ।

कास्की–३ मा १ लाख ७ हजार ५६० मतदाता छन्। यस क्षेत्रमा नेपाली कांग्रेसबाट मनोज गुरुङ, नेकपा एमालेबाट दामोदर पौडेल बैरागी, नेपाली कम्युनिस्ट पार्टीबाट गोपाल गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिना गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अर्जुनप्रसाद खनाल, आम जनता पार्टीबाट कुशल थापा क्षेत्री लगायत चुनाबी प्रतिस्पर्धामा छन्। यस क्षेत्रमा कास्कीका अन्नपूर्ण रा माछापुछ्रे गाउँपालिकाको अतिरिक्त पोखरा महानगरपालिकाका ११ वडा रहेका छन ।

देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता सूचीकृत छन्। प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमा ३ हजार ४०६ उम्मेदवार प्रत्यक्षतर्फ प्रतिस्पर्धामा छन्।  निर्वाचन कार्यालयका अनुसार जिल्लाभरका मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकाय परिचालन गरिएको छ। मतदान प्रक्रिया व्यवस्थित र शान्तिपूर्ण रहेको तथा कुनै ठूलो अनियमितताको जानकारी प्राप्त नभएको कार्यालयले जनाएको छ। मतदान सम्पन्न भएपछि मतपेटिका संकलन गरी सम्बन्धित स्थानमा सुरक्षित राखिने र त्यसपछि मतगणना सुरु गरिने तयारी रहेको जनाइएको छ।

यसैबीच निर्बाचनको दिन बिना अनुमति वा बिना पास सडकमा गुडेका १४९ वटा दुई पांग्रे सवारी साधन र ६ वटा चार पांग्रे सवारी साधन गरि १५५ वटा सवारी साधनलाई नियन्त्रणमा लिईएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बिहानको समयमा सडकमा चेकजाँच कम गरिएको भएपनि अपरान्हबाट सवारी चेकजाँचमा कडाई गरिएपछि दिउँसो १ बजेसम्म १५५ वटा सवारी साधन नियन्त्रणमा लिईएको कास्की प्रहरिले जनाएको छ ।

२१ फाल्गुन २०८२, बिहीबार १४:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा