Play

बिदेशी नागरिकता लिएर चुनाब लड्न आउनेलाई पनि कुलिंग पिरियड आबश्यक- कांग्रेस नेता भट्टराई

कांग्रेसको महाधिबेशन २०८३ मङ्सिरमा हुने गरि कार्यतालिका तयार गर्नुपर्नेमा जोड


गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले कर्मचारीहरुको लागि मात्र नभएर बिदेशी नागरिकता लिने अनि नेपालमा चुनाब लड्न आउनेहरुको लागि पनि कुलिंग पिरियड राख्नुपर्ने कुरामा जोड दिएका छन । नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठकमा शुक्रबार बोल्दै कांग्रेस नेता भट्टराईले पार्टी सभापति शेरबहादुर देउबाले पार्टीबाट अब रिटायर्ड हुने भनि दिएको अभिव्यक्तिको स्वागत गर्दै २०८३ मंसिर भित्र पार्टीको महाधिबेशन गर्ने गरि कार्यतालिका तयार गर्नुपर्नेमा जोड दिएका छन।

बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्य भट्टराईले व्यक्त गरेको बिचार ..

१.  कर्मचारीतन्त्रमा कुलिङ पिरियड राख्ने कुरा स्वागतयोग्य छ। अब अर्को एक ठाउमा पनि कुलिङ पिरियड राख्न जरुरी छ। कुनै नेपालीले नेपाली नागरिकता छोडेर अर्को देशको नागरिक बनेको छ र फेरि बिदेशि नागरिकता त्यागेर नेपालको नगरिकता लिएर आम निर्वाचन लड्न आउछन् भने उनिहरुका लागि पनि कुलिङ पिरियड राख्न जरुरी छ। बिगतमा यस्तो ब्यवस्था नभएको कारणले कुनै विदेशी नागरिक पनि देशको उपप्रधानमन्त्री जस्तो गरिमामय र सम्वेदनसिल पदमा पुगेको कटु यथार्थलाई मनन गर्दै कुलिङ पिरियड राख्न जरुरी भएको हो।नत्र भने आज विदेशी नगरिकता छोडेको हल्ला गर्यो। उताबाट विदेशी नारिकता छोडेको आधिकारिता पुष्टि नहुदै भोलीपल्टै नेपाली नागरिकता लियो।पर्सिपल्ट उम्मेदवार बन्यो। चुनाव लड्यो। यस्ता कदमले नेपाल राष्ट्रमाथि नै खतरा पैदा गर्दछ ।

२. आदरणिय पार्टी सभापतिले ‘अब मैले रिटायर लिने बेला आएको छ। म अब सभापति हुने होइन भनिसकेको अस्थामा पार्टीको महाधिबेशन ०८४ अगाडि हुन्छ कि हुदैन भन्ने दुबिधामा बस्न जरुरी छैन । ढिलोमा ०८३ मंसिर भित्र केन्द्रिय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका तयार गरौ। म पार्टी सभापतिज्यूलाई धन्यवाद दिन पनि चाहान्छु। देशका पूर्वराष्ट्रपति र उपराष्ट्रपति पनि फेरी सक्रिय राजनीतिमा फर्किरहेको र कतिपय राजनीतिक दलहरुमा एउटै मानिस बर्षौसम्म सभापति भइ रहने अवस्थामा हाम्रो सभापतिको यो भनाईले हाम्रो पार्टी अरुभन्दा फरक हो भन्ने पोजिटिभ सन्देश प्रवाह भएको छ।

३. देशमा प्रजातन्त्रको स्थापना, पुनस्थापना र गणतन्त्रको स्थापनासम्मका सबै आन्दोलनको नेतृत्व कांग्रेस पार्टीले गर्दछ। जनतालाई अधिकार प्रदान गर्ने पछिल्ला दुइटा संविधान पनि कांग्रेस पार्टीकै नेतृत्वमा बनेका हुन।बेला बखत देशमा आइपर्ने राष्ट्रिय संकटको समाधान गर्ने काम पनि नेपाली काँग्रेस पार्टीले नै  गर्छ। देशलाई आबश्यक पर्नै सबै नीतिहरु पनि कांग्रेस पार्टीले नै बनाउछ। देशको विकास भनेको गाँउको विकास हो भन्छ र दुरदराजका गाँउहरुमा समेत बिकासका पुर्वाधार पुर्याउँछ। विदेशसम्म हाम्रा मानिसका लागि रोजगारी, शिक्षा र ब्याबसाय गर्न पाउने ब्यबस्था मिलाउछ। तर हाम्रो भोट पछिल्ला निर्वाचनहरुमा किन घट्दै गएको छ ?  यस सम्बन्धमा गम्भीर विश्लेषण गरी कार्य योजना तयार गरेर अगाडी बढ्नु जरुरी छ।

४.  जिल्ला जिल्लाका साथीहरुको गुनासो यस्तो छ कि, गुटबन्दीका कारण पार्टी भित्र सही मानिस सहि ठाउँमा पुग्नसकि रहनुभएको छैन। संघर्ष ,योगदान, क्षमता र कामको मुल्याङकन गरिदैन, गुटका आधारमा एउटै मानिसलाई पटक पटक अवसर दिइन्छ। पदको न्यायोचित ढंगबाट वितरण नगरेको कारणले कार्यकर्ता रुष्ट र नेगेटिभ हुनुहुन्छ । उहाँहरुलाई पोजिटिभ बनाउने काम कसले गर्ने हो ? प्रशिक्षणले गर्ने हो वा हामीले हाम्रो कार्यशैलीमा सुधार गर्छौ भनेर गर्ने हो ? यो गर्न जरुरी छ सबैजना यस बिषयमा गम्भीर बनौ।

५. भातृसंस्था सबै तपाई नेताहरुले धवस्त पार्नु भएको भन्छन साथिहरू। तपाईहरुले बिधिबिधान अनुसार भातृ संस्थाहरुलाई चल्नै दिनुभएन भन्छन्। बिधान अनुसार चल्न चलाउन दिएमा बिवाद पनि स्वत कम भएर जान्छ भन्ने मेरो पनि बिश्वास हो।

६. सामाजिक संजाल पनि संगठन निर्माणको राम्रो प्लेटफर्म भएकोले  सामाजिक संजालको प्रयोग हामीले राम्रो संग गर्नुपर्यो र प्रशिक्षणका कार्यक्रमहरु वडा र टोल केन्द्रित गर्दै तल्लोस्तर सम्म पुर्याउन सक्नुपर्यो ।

२० असार २०८२, शुक्रबार १६:३७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा