Play

गण्डकी कोटीहोमको पूर्णाहुति गर्न धर्मगुरु कालिवावा पोखरा आउँदै

गुरुकुल खबर


  • शिरोमणी बराल 

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति गर्न आज चर्चित धर्मगुरु कालिदास बाबा (कालिवाव) आगमन हुने भएको छ। कोटिहोममा आज यज्ञको पूर्णाहुति गर्न कालिदास बाबा (कालिवाव) आउने जनाकारी महायज्ञका संकल्पकर्ता बालयोगेश्वर बिजयकृष्ण मुर्तीले गुरुकुल खबरलाई जानकारी दिए ।

कोटीहोममा एक सय एक हवन कुण्डमा भइरहेको हवन कार्य सहित अन्य धार्मिक अनुष्ठान सोमबार समापन हुदैछ । योसँगै कोटीहोममा सहभागी भएका चार सय बढी ब्राह्मणलाई पनि आज नै बिदाइ गरिनेछ । साथै व्रतबन्ध, चौरासी पूजासहित अन्य केही कर्म पनि आज नै समापन हुनेछ गत महिना बैसाख १९ गते विधिवत् रूपमा अग्नि मन्थन गरी सुरु भएको हवन कुण्डको जेष्ठ २६ गते पूर्णाहुति हुन लागेको हो। हवन कुण्डमा ३/३ जना ब्राह्मणले कोटी होममा दिन दिनै भगवती गायत्री मन्त्र विधिबाट हवन गरेका छन् ।

कोटी होममा १०८ भागवत महापुराण पाठपरायण, ४ वेद पाठपरायण, सप्तचण्डी, अति रुद्री, मन्त्र जप लगायतमा ब्रामणले पाठ गरेका छन् । हवन कुण्डको मूल मण्डपमा महायज्ञका सङ्कल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजीका बुबा मनिराम भण्डारी र आमा जानका भण्डारी रहेका छन् । भने अरु मण्डपमा ३/३ जना ब्रामणले नृत्य हवन गरिरहेका छन् । आज नै कोटिहोम महायज्ञको विधिवत् पूर्णाहुति गरी अभिषेक र महाप्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको मानव सेवा फाउन्डेसनका प्रचार संयोजक लेखराज ढकालले जानकारी दिए ।

२६ जेष्ठ २०८२, सोमबार ११:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा