Play

गण्डकी कोटीहोम: गुरुङ पोशाकमा सजिएर राधिका दासीको कथाबाचन, मंगलबार महानायक हमाल आउने

गुरुकुल खबर


पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भागवत मञ्जरी राधिका दासीले सोमबार गुरुङ पोसाकमा सजिएर कथा वाचन गरिन् । आफू जहाँ गए पनि त्यहाँको संस्कृतिसँग नजिकिने गरेकी राधिका दासीले गुरुङ समुदायको पहिरनमा रहेर कथा वाचन गरेकी थिईन ।

कुनै जात विशेष, कुनै धर्म विशेष, कुनै सम्प्रदाय विशेष नभएर नेपाल भित्र रहेका धार्मिक सांस्कृतिक धरोहरलाई विश्वभर चिनाउने लक्षका साथ् कोटीहोम संचालन गरिएको कारण पनि पोखरा क्षेत्रलाई गुरुङ समुदायको समेत प्रभाव क्षेत्र मानिने भएकोले उनले गुरुङ पोशाक लगाएर कथा वाचनमा सहभागी भएको बुझिएको छ । उनी मखमल र भेलभेटको चोलो, घलेक, कटनको लुङ्गी, कालो मखमलको टिकिस, पटुका र मलिनको पछ्यौरी लगाएर पन्डालमा आएकी थिइन् ।

कोटिहोममा सोमबार प्रतिनिधि सभा सदस्य एबम पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की पनि सहभागी थिइन् उनले कोटिहोम र महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको खुलेरै प्रशंसा गरिन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री समेत रहेकी उनले पोखरा आफैमा पर्यटकीय राजधानी भएकोले यो कोटिहोमले धार्मिक पर्यटक भित्र्याउन महत्वपुर्ण सहयोग पुग्ने बताइन । उनीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्र देखि जिल्ला तहका नेताले कोटिहोम दर्शन गरेका थिए ।

यसैबीच कोटीहोममा मंगलबार महानायक राजेश हमाल पनि आउने भएका छन् । यस अगाडी पनि कोटीहोममा विभिन्न कलाकार सहित अन्यको सहभागिता रहँदै आएको छ  पोखरामा केही दिन देखि लगातार वर्षा भइरहे पनि कोटीहोममा भने भक्तजनको उपस्थिति उल्लेख्य रहेको छ ।

कोटिहोममा साधु सन्त, कथाव्यास तथा चर्चित कलाकार आउने भएकोले महायज्ञ भक्तजनमय भएको मानव सेवा फाउन्डेसनका प्रचार संयोजक लेखराज ढकालले गुरुकुल खबरलाई जानकारी दिए । महायज्ञ यहि जेठ २६ गते सम्म चल्नेछ ।

१९ जेष्ठ २०८२, सोमबार २१:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा