Play

नक्सामा समाबेशी देखिएजस्तै गण्डकी प्रदेशको बजेट र कार्यक्रम पनि समाबेशी हुनुपर्यो- प्रदेश सांसद थापा

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसबाट गण्डकी प्रदेश सभाको सांसद बनेकी सुनिता थापाले सम्भावना मात्र बिकास नभएको स्पष्ट पार्दै बिकासको निम्ति योजना, प्राथमिकता र प्रतिफलको स्पष्ट मार्गचित्र आबश्यक रहेको बताएकी छन। उनले सडक, पुल वा अन्य भौतिक पुर्वाधार बनाउनु मात्र बिकास हो भन्ने मानसकिता त्यागेर समाजमा रहेका सबै समुदायको आत्मसम्मान र अधिकार सहित उनीहरुको सन्तुष्टीलाई विकासको रुपमा लिनुपर्ने भएकोले सोहि लक्ष प्राप्त हुनेगरि बजेट र कार्यक्रम बनाउन प्रदेश सरकारलाई सुझाब दिएकी छन ।

गण्डकी प्रदेश सभामा सुन्य समयमा बोल्दै नेपाली कांग्रेसकी प्रदेश सांसद थापाले गण्डकी प्रदेश नक्सामा समाबेशी देखिए जस्तै सरकारको काम कारबाही र व्यवहार पनि समावेशी देखिनुपर्नेमा जोड दिईन। उनले भनिन. “गण्डकी प्रदेश सरकारले विकासको मापन बजेटको आकारमा भन्दा गण्डकी प्रदेशको दुर्गम भूभाग र बिपन्न वर्गको रुपमा रहेका प्रदेशबासीको खुसि र आत्मसन्तुष्टिमा खोज्न सक्नुपर्छ।” श्रवणशक्ति नभएपनि बोल्न भने सक्ने प्रदेश सांसद थापाले विकास के हो भनेर बोल्दै गर्दा प्रदेश सभा बैठकमा सहभागी अन्यले भने उनको कुरालाई अभिरुचीपुर्बक सुनिरहेका थिए।

उनले गण्डकी प्रदेशमा बिकासका प्रचुर सम्भावना रहेको उल्लेख गर्दै सम्भावनालाई मात्र विकास भन्न नमिल्ने समेत स्पष्ट पारिन। प्रदेश सभा सदस्य थापाले भनिन, ‘गण्डकी प्रदेश प्राकृतिक स्रोत साधन, सांस्कृतिक विविधता र पर्यटनको अपार सम्भावनाले भरिपूर्ण प्रदेश हो। तसर्थ, यहाँ बिकासका अपार सम्भावना छन। तर, सम्भावना मात्र विकास होइन, बिकासको लागि आबश्यकता अनुसारका योजना निर्माण, तिनको प्राथमिकीकरण र ति योजनाबाट प्राप्त हुने प्रतिफलको स्पष्ट मार्गचित्र आवश्यक हुन्छ।’

प्रदेश सांसद थापाले गण्डकी प्रदेश सरकारलाई स्थानीय वा तल्लो तहको आवाज सुन्ने संस्कृतिको बिकास गर्न समेत आग्रह गरिन। रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन र वातावरणीय संवेदनशीलतालाई प्राथमिकतामा राखेर पछाडी पारिएका वा दबिएका बर्गको उत्थान हुने गरि बिशेष कार्यक्रम ल्याउनुपर्नेमा उनको जोड थियो ।

प्रदेश सभा सदस्य सुनिता थापाले भनिन, “आजको युगमा दवाव र प्रभावको भरमा नभई समावेशी सोचमा आधारित आवश्यकताको पहिचान र प्राथमिकता अनुसार आमनागरिकले सन्तुष्टी प्राप्त गर्न सक्ने किसिमका नीति, योजना र बजेट बनाउने र सोहि अनुरुप कार्यन्वयन गरिनुलाई विकास मान्न सकिन्छ।”

उनले गण्डकी प्रदेशका केहि भूभागमा रहेका नागरिकको लागि आधारभूत सेवा जस्तै शिक्षा, स्वास्थ्य, बिधुत, टेलिफोन सुबिधा सहित पहुँचयुक्त पुर्वाधार बन्न नसकेको कुराको चर्चा गर्दै सडक र पुर्वाधार निर्माणमा मात्र बजेट बिनियोजन गरेर विकास सम्भव नहुने उल्लेख गरिन ।

विकास भनेको सबै समुदायको आत्मसम्मान र अधिकारको सम्मान पनि हो भन्दै उनले अपाङ्गता भएका व्यक्तिहरू, आदिवासी जनजाति, बिकट क्षेत्रमा बस्ने महिला र सर्बसाधारणहरु, युवाहरू सहित सबै वर्ग र लिङ्गको आबश्यकता र आवाजलाई योजनामा समावेश गर्नुपर्नेमा जोड दिईन । ‘यस्तो हुन नसके विकास अपुरो हुन्छ’। उनले गण्डकी प्रदेशका सभामुख र प्रदेश सरकारको ध्यानाकर्षण गराउंदै भनिन ।

१२ जेष्ठ २०८२, सोमबार १९:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा