Play

एमालेको युवा संघको अध्यक्षमा थेबे र पुरीको उमेदवारी, दुईवटा प्यानल चुनाबी मैदानमा

गुरुकुल खबर


 पोखरा, पोखरामा जारी नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे र सुमन पुरीले मनोनयन दर्ता गरेका छन्।अध्यक्षमा उम्मेदवारी दिएका थेबे वर्तमान समितिका पनि अध्यक्ष हुन् भने पुरी महासचिव हुन। यी दुईको नाममा शनिबारदेखि नै युवा संघमा आबद्ध युवाहरूले नाराबाजी गरेका थिए। मनोनयन दर्ता गर्दा पनि आ–आफ्नो पक्षका युवाहरूले नाराबाजी गरेका थिए।

नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुने भएसँगै अध्यक्षका उम्मेदवार थेबे र पुरी नेतृत्वमा प्यानल बनेको छ। युवा संघको पदाधिकारी, केन्द्रीय समिति, निर्वाचन आयोग, लेखा आयोग, युवा विज्ञ आयोग र अनुशासन आयोगमा पनि उम्मेदवारी दर्ता भएको छ। युवा संघको केन्द्रीय समिति १५१ सदस्यीय हुनेछ।

अध्यक्षमा हालसम्म थेबे र पुरी गरी दुईजनाले मात्रै उम्मेदवारी दर्ता गराएका छन् भने अरू पदका लागि पनि मनोनयन दर्ता जारी रहेको संघका इन्चार्ज राजीव पहारीले बताए। मनोनयन दर्तापछि उम्मेदवारी फिर्ता लिन, दाबी विरोध गर्न र अन्तिम नामावली प्रकाशन गर्न समय लाग्ने उनको भनाइ छ।

पहारीका अनुसार इलेक्ट्रिक भोटिङ मेसिनमार्फत् निर्वाचन हुने भएकाले मेसिनमा उम्मेदवारको नाम इन्ट्री गर्न समय लाग्ने भन्दै मतदानको सम्भावना न्यून छरहेको र सहमतिको प्रयास जारी पनि रहेको उनले बताए।

‘को को साथीहरूलाई कुन पदमा बस्न मन छ उम्मेदवारी दर्तापछि मात्र थाहा भयो, फेरि हामी आकांक्षी साथीहरूसँग बसेर सहमतिको प्रयास गर्नेछौं,’ उनले भने, ‘सहमति भएन भने हामी मतदानमा जान्छौं।’

अध्यक्षका दाबेदार थेबे यसअघि महासचिव हुँदै संघको नवौं महाधिवेसनबाट अध्यक्ष चुनिएका थिए भने पुरी उपाध्यक्ष, महासचिव हुँदै अहिले अध्यक्ष पदमा दाबी गरिरहेका छन्।

थेबेलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासिचव पृथ्वीसुब्बा गुरूङ, मोर्चा विभाग प्रमुख भानुभक्त ढकाल, संघका पूर्व अध्यक्ष महेश बस्नेत लगायतले समर्थन जनाएका छन्।

पुरीलाई एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, संघका पूर्वअध्यक्ष रमेश पौडेल, बचनबहादुर सिंह, एमाले नेता विनोद ढकाल लगायतको समर्थन छ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार पोखरामा संघको महाधिवेसन उद्घाटन गरेका थिए। उनले सर्वसम्मत नेतृत्व चयन गर्न र बाह्य घुसपैठ रोक्न निर्देशन दिएका थिए। ओलीको निर्देशन विपरित संघमा नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुन लागेको हो।

युवा संघको महाधिवेसनमा देशका सबै पालिका, जिल्ला, प्रदेश र केन्द्रीय समिति गरी १ हजार ९३९ जना प्रतिनिधी सहभागी छन्।

११ जेष्ठ २०८२, आईतवार २३:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा