Play

कांग्रेस महामन्त्री थापाले रुपा गाउँपालिकाको र प्रबक्ता डा. महतले कास्की- ३ को क्षेत्रिय सम्मेलन उद्घाटन गर्ने

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेस कास्की निर्बाचन क्षेत्र न. १ अन्तर्गत रुपा गाउँपालिकाको पालिका सम्मेलन र निर्बाचन क्षेत्र न. ३ को क्षेत्रिय सम्मेलन आइतबार र सोमबार हुने भएको छ । सम्मेलनको उद्घाटनका लागि नेपाली काँग्रेसका केन्द्रीय नेताहरुलाई आमन्त्रण गरिएको छ ।

जसअनुसार रुपा गाउँपालिका सम्मेलनको उद्घाटन काँग्रेस महामन्त्री गगन थापाले आइतबार गर्ने भएको छन् भने क्षेत्र न. ३ को क्षेत्रिय सम्मेलनको उद्घाटन कांग्रेस प्रबक्ता एबम पूर्व सहमहामन्त्री डा. प्रकाश शरण महतले सोमबार गर्ने भएका छन ।

रुपा गाउँपालिका स्तरीय सम्मेलनको प्रमुख अतिथिको रुपमा काँग्रेसका केन्द्रीय सहमहामन्त्री जिबन परियारको प्रचार गरिएको भएपनि काँग्रेस महामन्त्री गगन थापा शनिबार स्यांग्जामा आयोजित पार्टीको कार्यक्रम सकेर पोखरा फर्किने भएपछि थापालाई नै उक्त कार्यक्रमको प्रमुख अतिथि बनाइने भएको छ । सहमहामन्त्री परियार बिशेष अतिथिको रुपमा रहने भएका छन।

रुपा गाउँ पालिकाको सम्मेलन सोहि गाउँपालिकाको वडा न. ६ फालभन्ज्यांग स्थित थापा समाज भवनमा हुने रुपा गाउँपालिकाका नेपाली काँग्रेसका सभापति बिमलबाबु नेउपानेले जानकारी दिए  । यसैगरि नेपाली काँग्रेस कास्की -३ को क्षेत्रिय सम्मेलन पोखरा -२ स्थित बिन्ध्यबासिनी पार्टी प्यालेसमा हुने कांग्रेसका क्षेत्रिय सभापति मनोज गुरुङले गुरुकुल खबरलाई जानकारी दिए ।

पार्टीको बिधान अनुसार हरेक बर्ष पार्टीको सम्बन्धित तहमा सम्मेलन गर्नुपर्ने ब्यबस्था गरिएको भएपनि अधिकांश तहले यस किसिमको सम्मेलन गर्न सकेको छैनन।  कास्कीमा केहि साता अगाडी क्षेत्र न. २ ले क्षेत्रिय सम्मेलनको आयोजना गरेको थियो। क्षेत्र न. ३ ले यस अगाडी पनि पटक पटक मिति तोकेको भएपनि बिशेष कारणबस सम्मेलन पछि सर्दै आएकोमा अब जेष्ठ ५ गते सोमबार हुने भएको हो ।

३ जेष्ठ २०८२, शनिबार १९:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा