Play

पोखरामा माइक्रोबस दुर्घटना : तिन जनाको मृत्यु (घाइतेको विवरण सहित)

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -३२ लामेआहालमा भएको माइक्रोबस दुर्घटनामा तिन जनाको मृत्यु भएको छ धादिंगबाट पोखरा आउंदै गरेको ग १ ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस पृथ्वीराज मार्ग अन्तर्गत लामेआहाल सडक खण्डमा दुर्घटना भएको थियो ।

उक्त माइक्रोबसमा चालक सहित ११ जना रहेकोमा गम्भीर घाइते भएका चारजनालाई उपचारको लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएकोमा उपचारकै क्रममा तिन जनाको निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीकी प्रमुख एबम इन्सपेक्टर शोभा पाण्डेले गुरुकुल खबरलाई  जानकारी दिइन् ।

दुर्घटनामा परि मृत्यु भएकाहरुको सनाखत हुन सकेको नसकेको र दुर्घटनामा घाइते भएका सातजनाको उपचार पोखरा विश्वबिद्यालय शिक्षण अस्पतालमा भैरहेको बुझिएको छ ।

दुर्घटनाग्रस्त बस लामेआहालको सडकबाट करिब ३५ मिटर टाढा खेतको वारीमा पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन । तिव्र गतिमा रहेको कारण माइक्रोबस चालकले नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

अस्पतालमा लगिएका घाइतेहरुको अबस्था ..

३१ बैशाख २०८२, बुधबार १९:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा