Play

कोटीहोममा पण्डित दिनबन्धु पोखरेल पनि आउने, नियमित हवनसंगै ब्रतबन्ध, रक्तदान जस्ता कार्यक्रम जारी

गुरुकुल खबर


पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल पनि प्रवचन एबम कथा बाचनको लागि आउने भएका छन् । पोखरेल सहित प्रशिद्द कथाबाचकहरु कोटीहोममा आउने क्रम जारी छ । कोटीहोम अन्तर्गत उक्त स्थलमा नियमित रुपमा हवन हुनुको साथै ब्रतबन्ध, भजन प्रतियोगिता, रक्तदान लगायतका धार्मिक एबम पुण्य कमाउने कार्यक्रम संचालन भैरहेका छन् ।

यहि बैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म पोखरेलले कोटीहोममा कथा वाचन गर्ने कार्यक्रम तय भएको कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । ढकालका अनुसार पोखरेल आफ्नै झाँकी समूह र सगीत समूह सहित कोटीहोममा सहभागी हुनेछन् ।

१७दिनदेखि जारी कोटीहोममा एक सय कुण्डमा हवन, भजन चुट्का प्रतियोगिता, चर्चित भारतीयआचार्य प्रशान्त कृष्ण पंराकुशजी लगायत साधु सन्तमार्फत रामायण प्रवचन र वाचिका सुप्रिया मार्फत दैनिक कथा वाचन भइरहेको छ ।

यसअघि अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचन, १४ दिनसम्म अन्तर्राष्ट्रिय कथावाचिका देवीप्रतिभाले श्रीमद्भागवत कथा वाचन गरेर पोखरेलीको मन जितेकी थिइन् । उनलाई जेठ १० देखि १६ गते सम्मका लागि पुनःपोखरा ल्याउने प्रयास भइरहेको संकल्पकर्ता विजय कृष्णमूर्तिले जानकारी दिए ।देवी हाल भारतको झारखण्डमा छन् ।

आइतबार पनि बिहान ८ः०५ बजे हवन कुण्डमा हवन गरिएको हो । एक सय वटा हवन कुण्डमा तीन, तीनजना ब्राह्मणले भगवती गायत्रीमन्त्र विधिबाट हवन गरेका थिए । साथैएक सय आठ भागवतमहापुराण पाठ परायण, चार वेद पाठ परायण, सप्तचण्डी, अति रुद्री, मन्त्र जप लगायतमा ब्राह्मणले पाठ गरे ।

कोटीहोम विराट् ज्ञान महायज्ञमा शुक्रबार १२ जनाको सामुहिक व्रतवन्ध गरिएको थियो त्यस अबसरमा व्रतवन्धमा सहभागी सबैलाई सम्मान समेत गरिएको महायज्ञ आयोजकले जानकारी दिएका छन ।

शनिबार देखि खुला भजन चुट्का प्रतियोगिता चलिरहेको छ । प्रतियोगितामा देशभरबाट करिब तीन सय समुहले प्रतिस्पर्धा गरिरहेको संयोजक प्रजापति पराजुलीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेलाई तीनलाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई दुईलाख ५५ हजार पाँच सय ५५, तृतीयहुने समूहलाई एकलाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्काको व्यवस्था छ ।

वैशाख ३ गते भूमिपूजन र यज्ञ कुण्ड खनी महायज्ञ स्थलमा दैनिक रूपमा कथा वाचन हुँदै आएको छ । कोटीहोम २०८२ जेठ २६ गतेसम्म पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको बिरौटामा रहेको जग्गा र आपपासका स्थानीयको जग्गामा सञ्चालन भैरहेको छ ।

पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा शनिबार आयोजित रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको थियो । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजक मानव सेवा फाउण्डेशनले रक्तदान कार्यक्रम आयोजना गरेको हो।

शनिबार कोटीहोमको १६ औं दिनमा करिब १५ हजार भक्तजन सहभागी भएका थिए । कोटीहोमका प्रचारप्रसार संयोजक ढकालका अनुसार भक्तजनसँगै आर्थिक संकलनमा पनि वृद्धि भएको छ । शनिबार पोखराका शेरबहादुर गुरुङले एक लाख एक सय पाँच, म्याग्दीका रामचन्द्र जिसीले ५१ हजार एक सय ११ रुपैयाँ दान गरेको थिए ।

कार्यक्रममा कलश यात्रामा सहभागी विभिन्न आमा समूहलाई सम्मान गरिएको छ । सो अवसरमा लोक दोहोरी गायक राजन कार्कीले गीत प्रस्तुत गरेर भक्तजनलाई नचाएका थिए  ।

२१ बैशाख २०८२, आईतवार १६:३१ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा