Play

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा तिवारी नियुक्त

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -३१ लेखनाथका सुरेन्द्रबाबु तिवारी गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रीपरिषद बैठकले तिवारीलाई नियुक्त गर्ने निर्णय गरेको हो । पोखरा विश्वविद्यालयसहित विभिन्न कलेजमा अध्यापन समेत गरेका तिवारी पोखरा महानगरपालिका अन्तर्गत सहरी योजना आयोगको सदस्य रहेर पनि काम गरेका थिए ।

गण्डकी प्रदेश सरकारले कार्यकारी निर्देशक छनोटका लागि प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा समिति गठन गरेको थियो । जसमा मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेल र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको  प्रशासन हेर्ने सचिव बाबुराम गौतम सदस्य सचिव थिए । उक्त समितिले तिवारीसँगै पोखराका भानुभक्त पराजुली र तनहुँका श्रीकृष्ण पौडेलको नाम सिफारिस गरेको भएपनि मुख्यमन्त्री पाण्डे नेतृत्वको क्याबिनेटले तिवारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उक्य्ता पदमा नियुक्तिका लागि १४ जनाको आवेदन परेको थियो । आबेदन दिनेहरुमा विजयभक्त उपाध्याय, झपेन्द्रश्वर भुसाल, योगेन्द्रराज रिजाल, भानुभक्त पराजुली, लिलाधर सुवेदी, कुमारकञ्चन जिसी, डा. होमनाथ गैरे, श्रीकृष्ण पौडेल, विजय वाग्ले, बाबुराम केसी, डा. गोविन्द बहादुर लामिछाने, सुरेन्द्रबाबु तिवारी, प्रभात अर्याल, प्राडा. कुसुमाकर न्यौपाने रहेका थिए। उल्लिखित नाम मध्ये सर्टलिस्टमा परेका ६ जनालाई व्यावसायिक कार्ययोजना प्रस्तुतिका लागि बोलाइएकोमा समितिले सिफारिस गरेका तिवारी, पराजुली र पौडेल सहित कुमारकञ्चन जिसी, होमनाथ गैरे र विजय वाग्ले थिए ।

प्रदेश र स्थानीय तहमा निर्वाचित, मनोनित तथा नियुक्त पदाधिकारी एवं कर्मचारीको क्षमता विकास, प्रदेश सरकार र स्थानीय तहका कार्यक्रम कार्यान्वयनमा सहजीकरण, प्रदेश अन्तर्गतका सरकारी तथा अर्धसरकारी निकाय र स्थानीय तहको संस्थागत सुधार एवं शासकीय क्षमता अभिवृद्धि गर्ने अभिप्रायका लागि प्रदेश सरकार अन्तर्गत रहने गरि प्रतिष्ठान स्थापना गरिएको हो । यस अगाडीका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले आफ्नो कार्यकाल पुरा गरेपछि नयाँ नियुक्ति गरिएको हो।

१० बैशाख २०८२, बुधबार २२:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा