Play

पोखरामा हुने कोटिहोम विराट ज्ञानमहायज्ञको सम्पर्क कार्यालय स्थापना

गुरुकुल खबर


पोखरा, पोखराको बिरौटामा हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञानमहायज्ञको मिति नजिकिंदै जाँदा महायज्ञको तयारीलाई प्रभावकारी बनाउने उद्धेश्यका साथ महायज्ञस्थल नजिक सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

आयोजकहरुले पोखरामा हुन लागेको कोटीहोम महायज्ञलाई ‘एक युगमा एक पटक, इतिहासमा पहिलो पटक’ आयोजना गरिएको भन्दै प्रचार प्रसारलाई तिब्रता दिएको छन श्री गण्डकी कोटिहोम महायज्ञको तयारीमा सजिलो हुने र महायज्ञको बारेमा चासो राख्ने भक्तजनलाई सहज होस् भन्ने उद्देश्यका साथ महायज्ञस्थल नजिक सम्पर्क कार्यालय स्थापना गरिएको आयोजक मानवसेवा फाउण्डेशनले जनाएको छ ।

सदा शिबजी सिद्देश्वर हरिहर मन्दिरको नाममा रहेको करिब ३० रोपनी जग्गासहित स्थानीय बासिन्दाहरुको खाली जग्गामा महायज्ञका बिबिध गतिबिधिहरु संचालन हुँदैछन। सदाशिवजी हरिहर मन्दिरका अध्यक्ष नगेन्द्र शर्मा भण्डारीले मन्दिरको स्वामित्वमा रहेको जग्गा सहित स्थानीय सर्बसाधारणको खालि जग्गा महायज्ञ संचालनका लागि भाडामा दिईएको बताए ।

वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म हुने भनिएको श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञानमहायज्ञको तयारी युद्दस्तरमा भैरहेको र सबै तयारी अन्तिम चरणमा पुगेको फाउण्डेशनले जनाएको छ । कोटीहोम अवधिमा शंकराचार्य, जगदगुरु, साधुसन्त, महन्तसँगै विश्वका विभिन्न मुलुकबाट प्रसिद्ध कथा वाचक र वाचिकाको आगमन र आशिर्वचन हुने कार्यक्रम छ ।

मानव सेवा फाउन्डेसन नेपाल समेतका संस्थाहरुले बैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म हुने उक्त महायज्ञको प्रचार प्रसार लगायतका अन्य काम भने चैत्र १७ गतेबाट नै शुरु गरिएको छ। प्रचारत्माक कार्यक्रम बैशाख १० गतेसम्म गरिने र बैशाख ११ गते साइकल र्याली,  १२ गते ट्याक्सी र्याली, १३ गते मोटरसाइकल र्याली, १४ गते सुनगा र्याली र बैशाख १५ गते बृहत पैदल यात्रा गरिने भएको छ भने बैशाख १६ गते कलश यात्रा गरेर जगदगुरु, साधु, सन्त, महन्त एबम प्रसिद्ध कथा बाचक वाचिकाबाट शास्त्रीय कथा बाचन एबम दिनहुँ हवन सहितका धार्मिक कार्यहरु गरिने महायज्ञका संकल्पकर्ता बिजय कृष्णमुर्तीको भनाई छ ।

कोटी होममा श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमददेवी भागवत कथा वाचन हुनुको साथै लाखौँको विवाह, ब्रतवन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप, तीन सय भन्दा बढी ब्राह्मण गुरुको दैनिक उपस्थिति, लाखौँ रामनाम पुस्तिका वितरण गरी अरबौं रामनाम लेखिने र एक करोड शिवलिङ्ग स्थापना गरी एक करोड बेलपत्रद्वारा पुजन गरिने जनाइएको छ ।

सो अवसरमा राष्ट्रिय भजन प्रतियोगिता, कवि तथा सन्त सम्मेलन, धार्मिक संघसंस्थाको सम्मेलन, ११ हजार कलश पुजन, २५ हजार नरिवलको भोग, कन्या पूजा, ज्येष्ठ नागरिक सम्मान, गण्डकी प्रदेशका एक हजार बढी स्रष्टा सम्मान, शालिग्राम पुजन, चित्रकला प्रतियोगिता, रक्तदान, तन्दुलाञ्चल र धान्याञ्चल पर्वतको निर्माण, धार्मिक क्षेत्रसँग सम्बन्धित वक्तृत्वकला प्रतियोगितालगायतका कार्यक्रम गरिने भएको छ ।

२० चैत्र २०८१, बुधबार १७:३३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा