Play

समयमा काम नगर्ने व्यवसायीलाई कारवाही गर्न गण्डकीका भौतिक मन्त्री केसीको निर्देशन

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले मन्त्रालयको परिपत्रअनुसार काम नगर्ने व्यवसायीलाई कारवाही गर्न निर्देशन दिएका छन् । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको वैठक तथा चालु आवको दोस्रो चौमासिक प्रगती समिक्षा कार्यक्रममा मन्त्रीले कामा नगर्ने निर्माण व्यवसायीलाई सम्पर्क गरी निर्माण कार्य सुरु गराउन पहल गर्न निर्देशन दिएका हुन् ।

चालु आर्थिक वर्षभन्दा अगाडि रोकिएका बहुवर्षिय नियमित योजनाहरुको संचालनमा बहानाबाजी वा ढिलासुस्ती गरि निर्माण कार्य नगर्ने व्यवसायीलाई सम्पर्क गरी निर्माण कार्य सुरु गराउन उनले निर्देशन दिए । मन्त्री केसीले थपे, ‘मन्त्रालयबाट गरिएको परिपत्र अनुसार काम अगाडी नबढाएमा निर्माण व्यवसायीलाई लिखित रुपमा कारवाहीका प्रकृया अगाडी बढाउन निर्देशन गर्दछु ।’

चालु आवको वार्षिक विकास कार्यक्रममा समावेश योजनालाई समयमा सम्पन्न गर्न मन्त्रीले ताकेता गरे । कुनै योजनाको ठेक्का प्रक्रिया बाकीँ भए चैत्र मसान्तभित्र ठेक्का सम्झौता गर्न उनको निर्देशन छ ।

मन्त्री केसीले हाल मन्त्रालयको भौतिक ४५ प्रतिशत र वित्तिय ३१.१५ प्रतिशत प्रगति भएको हुदाँ कर्मचारी साथीहरुलाई सक्रिय बनाई वार्षिक गोष्ठिमा आउदा कम्तिमा ८० प्रतिशत प्रगति हासिल हुने गरि काम गर्नुपर्नेमा जोड दिए।

चालु आवभन्दा अगाडीका एवं क्रमागत बहुबर्षीय योजनाहरुमा रकम विनियोजन न्यून भएको बताए । रकमान्तर भएका योजनाहरुमा तुरुन्त काम अगाडी बढाउन केसीले निर्देशन दिए । समस्याग्रस्त योजनाको सन्दर्भमा निर्माण व्यवसायीसंग छलफल गरि कार्य अगाडी वढाउने वा ठेक्का तोड्न सिफारिस गर्ने गरि कार्य व्यवस्था मिलाउनसमेत उनले निर्देशन दिए ।

२० चैत्र २०८१, बुधबार १६:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा