पोखरा. नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल फेरी एक पटक बिबादमा परेका छन । उनि सभापति भएपछि पटक पटक विभिन्न कारणले बिबादमा पर्दै आएकोमा यस पटक स्वतन्त्र बिद्यार्थी युनियनको निर्बाचनमा उनले देखाएको कार्यशैलीका कारण बिबादित बन्न पुगेका हुन। यस[पटक नेबिसंघले उनीमाथि कारबाही गर्न माग गर्दै पत्रकार सम्मेलन नै आयोजना गरेर सार्बजनिक रुपमा बिरोध गरेपछि बिबाद सतहमा आएको हो ।
कहिले पार्टीको जिल्ला समित र प्रदेश समितिको नाममा. कहिले पार्टीले विभिन्न तहको सरकारलाई नियुक्ति वा कार्यकर्ताको कामका सम्बन्धमा गर्ने सिफारिसको नाममा, कहिले जिल्ला कार्यसमितिमा बिभिन्न बिभागमा मनोनयनको बिषयमा, कहिले पार्टीको विभिन्न तहका नेता कार्यकर्ताहरुलाई अनुशासनको कारबाही गर्ने नाममा उनि बिबादित बन्दै आएका छन्। यसबाहेक जिल्लाको पार्टी संगठनलाई व्यक्तिगत स्वार्थअनुकुल मात्र चलाउन खोजेको भन्दै उनि पटक पटक बिबादित बनेका छन । कास्की काँग्रेस भित्र नयाँ अनुहारको खोजि भैरहेको बेला शिक्षण पेशामा संलग्न रहेका बरालले पार्टीको संस्थापन गुट समातेर कांग्रेसको १४ औं महाधिबेशनमा जिल्लाको सभापति बन्न सफल भएका थिए।
उनलाई सभापति बनाउनको लागि तत्कालिन समयमा साथ् दिएका सबैजसो अहिले उनि संग असन्तुष्ट देखिन्छन। कार्यसमितिको बैठकमा कोरम नपुग्ने अबस्थाको साथै कोरम पुग्दापनि संगठनको हित हुने गरि उपयुक्त निर्णय गर्न नसकेको आरोप जिल्ला कार्यसमिति भित्रबाट नै लाग्दै आएको छ। जसका कारण जिल्ला कार्यसमितिका अधिकांश पदाधिकारी र सदस्यहरु समेत बरालसंग असन्तुष्ट देखिन्छन संसदिय निर्बाचन र स्थानीय तहको निर्बाचनमा आंफु उमेद्वार बन्ने देखि अरुलाई उमेद्वार बनाउने जस्ता बिषयमा पनि उनि निकै बिबादित बने। पार्टीको आधिकारिक निर्णय भन्दा बाहिर गएर र आफ्नो पदीय जिम्मेवारी बिर्सेर सामाजिक संजालमा अनाबश्यक कुरा लेख्ने र बोल्ने गरेको भन्दै पार्टीका विभिन्न तहका नेताहरुले समेत उनको कार्यशैलीको आलोचना गर्दै आएका छन।
पछिल्लो समय उनि स्वतन्त्र बिद्यार्थी युनियनको निर्बाचनको बिषयलाइ लिएर बिबादमा तानिएको छन। नेपाल बिद्यार्थी संघको केन्द्रीय समितिको सदस्य रहेका कास्की जिल्लाका बिद्यार्थी नेताहरुले सार्बजनिक रुपमा पत्रकार सम्मेलन नै गरेर कांग्रेस जिल्ला सभापति बरालको कार्यशैलीको आलोचना मात्र गरेनन, उनिहरुले सभापति बरालमाथि तत्काल अनुशासनको कारबाही गर्न र साधारण सदस्यबाट समेत निलम्बन गर्न पार्टीको केन्द्रीय अनुशासन समिति समक्ष माग समेत गरेका छन। उनीहरुले पार्टीका जिल्ला सभापति बराल नेविसंघका उमेद्वारलाई जिताउने तर्फ भन्दा अन्य प्रतिष्पर्धी संगठनसंग मिलेर नेविसंघलाई कम्जोर बनाउन लागेको दाबि समेत गरे ।
उनीहरुले पार्टीको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द प्रसाद ढुंगानालाई पठाएको उजुरीमा ‘स्वतन्त्र बिद्यार्थी युनियनको निर्बाचनको क्रममा पश्चिमान्चल ईन्जिनीयारिंग क्याम्पसमा खटिएका केन्द्रीय प्रतिनिधि राजेन्द्र बरालले बिद्यार्थीहरुको सल्लाहमा तय गरिएका उमेद्वारहरुले दिएको मनोनयन पत्र मध्ये सचिब पदका उमेद्वार प्रशान्त उपाध्यायको मनोनयन पत्र पार्टीका जिल्ला सभापति बरालको निर्देशनमा संघकी केन्द्रिय सदस्य रेजिना खड्काले च्यातेको र बिबाद उत्पन्न भएको’ उल्लेख गरिएको छ। उक्त बिबादपछि नेविसंघका केन्द्रीय अध्यक्षले समेत आधिकारिक उमेद्वार प्रशान्त ऊपाध्न्यायलाइ कायम गरेर निर्बाचनमा जाने परिपत्र गरेकोमा जिल्ला सभापति किशोर बरालले एमाले र माओबादीका नेताहरुसंग मिलेर नेविसंघका नेता कार्यकर्ताहरुलाई सचिब पद छोडेर भएपनि निर्बाचनमा जानुपर्ने भन्दै क्याम्पसको निर्बाचन समितिलाई दवाब दिएको दाबि गरिएको छ ।
सभापतिको उक्त निर्णयका कारण पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थान लामाचौरको निर्वाचनमा पराजय भोग्नुपरेको दाबि गरिएको छ । स्ववियु निर्वाचन भएका पोखराका ४ वटै क्याम्पसमा नेविसंघ पराजित भएको छ । उक्त क्याम्पसमा नेविसंघको तर्फबाट सचिवको उमेद्वार रहेका प्रशान्त उपाध्यायको नाम अन्तिम उम्मेदवारको सूचीमा प्रकाशन नभएपछि उम्मेदवारको नाम प्रकाशनको माग सहित नेविसंघले धर्ना र तालाबन्दी गर्दै आन्दोलित भएको थियो । पछि सभापतिका उम्मेदवार सौगात पण्डितकै नेतृत्वमा ताला फुटाएर निर्बाचन सम्पन्न गरिनुमा सभापति बरालकै हात रहेको नेविसंघका केन्द्रीय सदस्य राजेन्द्र बरालले पत्रकारहरुलाई जानकारी दिए ।
पत्रकारहरु माझ बोल्दै नेविसंघका अर्का केन्द्रीय सदस्य नसिब गुरुङले भने ‘हामी निर्वाचनको पक्षमा नै थियौं, तर एमाले र माओवादीसँग मिलेर पार्टी सभापति ज्यूले नेविसंघको अस्तित्व र संगठनलाई लिलाम बनाउनुभयो,’ उनले भने, ‘यो हामीलाई स्वीकार छैन । यसको प्रतिवाद गर्छौँ ।’
स्ववियु निर्वाचनका लागि चन्दा उठाएको तर चुनाबको गतिविधिमा खर्च नगरी आफु अनुकुल खर्च गरेको आरोप पनि उनीहरुले लगाए । ‘अपरिपक्व, हैकमवाद, पुर्वाग्रही सोचले भरिएका सभापति बरालकै कारण संगठनले कास्कीका सबैजसो क्याम्पसमा हार व्यहोर्नुपरेको अर्का केन्द्रीय सदस्य अन्जान थापाले आरोप लगाए । ‘स्ववियु निर्वाचनको लागि उद्योगी व्यवसायी, शुभचिन्तक लगायत सबैबाट चन्दा सङ्कलन गर्नेतर निर्वाचनमा अभिभावकीय भूमिका निर्वाह नगरी आर्थिक अपचलन गर्दै नेविसंघको विरुद्ध मत माग्नुभयो ।’ उनीहरुले सभापति बरालमाथि कारबाहीको माग गर्दै अनुशासन समिति कास्की, गण्डकी प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिलाई बोधार्थ दिएका छन् ।
यसपटक सम्पन्न स्वतन्त्र बिद्यार्थी युनियनको निर्बाचनमा लामाचौर इन्जिनीरियंग क्याम्पसमा स्वतन्त्र उम्मेदवार विजयी भए भने पृथ्वीनारायण क्याम्पस, नर्सिङ क्याम्पस र वन विज्ञान अध्ययन संस्थानमा एमाले निकट अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । अब जनप्रिय क्याम्पसमा कहिले निर्बाचन हुने र नेविसंघका पुरानो प्रभाव कायम रहने वा नरहने भन्ने बहस चलिरहेको छ समग्रमा भन्दा यसपटक कास्कीका विभिन्न क्याम्पसमा नेविसंघको अबस्था कमजोर देखिएको छ
बिहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेपाल बिद्यार्थी संघका नेताहरुले ७ दिनभित्र जिल्ला सभापति बराललाई साधारण सदस्य समेत नरहने गरी निलम्बन गर्न माग गरेका छन । ‘आजका मितिबाट ७ दिनभित्र कारबाही नभए थप सशक्त आन्दोलनका कार्यक्रम गर्ने घोषणा गर्दछौँ,’ उनीहरुले विज्ञप्ति मार्फत भनेका छन् । पत्रकार भेटघाट कार्यक्रममा वितरित बिज्ञप्तीमा नेबिसंघका ११ जना केन्द्रीय सदस्यहरु राजेन्द्र बराल, नसिब गुरुङ, अन्जान थापा, संस्कार कोइराला, बिक्रमआदित्य सिंह गिरि, महादेव गिरि, राजिब बाँस्तोला, कविराज पहारी, यामकृष्ण पौडेल, सुजी मगर र गङ्गा गिरिको नाम उल्लेख गरिएको भएपनि केहि सदस्यहरुको मात्र उपस्थिति रहेको थियो
यता पार्टीका जिल्ला सभापति बरालले भने आंफुले गलत गरेको भए कारबाही भोग्न तयार रहेको बताएका छन । ‘मैले इस्यु उठाएको हो । लामाचौरमा विवाद भएपछि स्ववियुमा राजनीतिक दलको हस्तक्षेप हुन हुँदैन भनेको हुँ, उनले भने, ‘गलत गरेको छैन । कसैलाई हराउन लागेको छैन । कुनै पद बेचेको पनि होइन । पुष्टि हुने आधार भए कारबाही गरे हुन्छ ।’ उनले निर्वाचन भर्खरै सकिएकोले सहयोग रकम केही समयमै सार्वजनिक गर्ने बताए । ‘पैसा केही उठेको छ । त्यो क्याम्पसहरुमा वितरण पनि गरिएको छ,’ उनी भन्छन्, ‘उठेको रकम स्पष्ट छ । पारदर्शी रूपमै सबैलाई जानकारी गराइन्छ ।’ सभापति बरालले विभिन्न संचारकर्मीलाई प्रतिक्रिया दिंदै भनेका छन । ‘
कास्की काँग्रेसका सभापति बरालले सामाजिक सञ्जाल मार्फत स्ववियु निर्वाचन राजनीतिक दलका लागि भएको र विद्यार्थीका लागि नभएको तर्क गरेका थिए । उनले शिक्षण संस्थालाई स्वतन्त्र बनाउनुपर्ने बताए । ‘स्ववियुको औचित्यलाई उचाइबाट बुझ्न सकिएन भने अस्तित्व खतरामा पर्न सक्छ।’ उनले मतदानकै दिन सामाजिक संजालमा शिक्षण संस्थालाई राजनीति होइन, ज्ञान र नेतृत्व विकासको केन्द्र बनाउनु अपरिहार्य रहेको कुरा लेखेका थिए ।” बरालले चुनाबको माहोल चलिरहेको बेला आफ्नो पदीय जिम्मेवारी बिर्सेर सामाजिक संजालमा आफ्नो पार्टी सम्बद्ध नेविसंघलाई अप्ठेरो पर्ने गरि अभिव्यक्ति दिएको भन्दै पार्टीका कतिपय नेताहरुले सोहि समयमा बिरोध समेत गरेका थिए।
बरालले चैत्र ५ गते मतदानको दिन के लेखेका थिए त फेसबुकमा ?