पोखरा, पोखरामा रहेर लामो समयदेखि फोटो पत्रकारितामा सक्रिय एबम अग्रज फोटो पत्रकार राम गुरुङलाई मातृशोक परेको छ । उनकी आमा शान्तिदेवी गुरुङको ७७ वर्षको उमेरमा मंगलबार बिहान उपचारको क्रममा निधन भएको हो ।
केहि समयदेखि मृगौला सम्बन्धि रोगबाट पीडित शान्तिदेवीको पोखराको हरियोखर्क अस्पतालमा उपचारको क्रममा निधन भएको बताइएको छ । पोखरा महानगरपालिका- १२ माटेपानीमा बस्दै आएकी शान्तिदेवीको श्रीमान, २ छोरा, १ छोरीसहित परिवारका अन्य सदस्यहरु रहेका छन ।
स्व. गुरुङका जेठा छोरा राम गुरुङ नेपाल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष एबम नेपाल आदिवासी जनजाति पत्रकार संघ गण्डकीका सदस्य हुन । स्व. गुरुङको मंगलबार अपरान्ह पोखरा महानगरपालिका – १०, शान्तिघाटस्थित बौद्ध अर्घौं सदनमा अन्त्यष्टि गरिएको पारिबारिक श्रोतले जानकारी दिएको छ ।
यसैबीच, फोटो पत्रकार गुरुङलाई मातृशोक परेकोमा पत्रकार सम्बद्ध विभिन्न संघसंगठनले शोकविज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका छन् । प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष मोतीसागर अधिकारी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष मानबहादुर घर्ती मगर र नेपाल फोटो पत्रकार संघ कास्कीका तर्फबाट सचिव धनबहादुर गुरुङ, फोनिज कास्कीका अध्यक्ष खिमा गुरुङ लगायतले शोक विज्ञप्ति जारी गर्दै घटना प्रति दुख एबम परिवारजनमा समबेदना प्रकट गरेका छन ।













