पोखरा, नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको केन्द्रीय अध्यक्षमा गणेश पाण्डेलाई चयन गरिएको छ । लम्जुंगबाट पत्रकारिता शुरु गरेका पाण्डे पछिल्लो समय काठमाडौँमा बसेर पत्रकारिता संगै राजनीतिमा समेत सक्रिय छन।
प्रेस चौतारीको विभिन्न पदमा रहेर काम गरिसकेका पाण्डे यस अगाडी चौतारीको केन्द्रीय समितिको उपाध्यक्ष रहेर काम गरेका थिए। उनि पछिल्लो समय विभिन्न डकुमेन्ट्री निर्माणमा समेत सक्रिय छन् उनले बनाएका डकुमेन्ट्री देश विदेशमा समेत पुरष्कृत भएका छन।
बिराटनगरमा सम्पन्न प्रेस चौतारीको महाधिबेशनले निर्बाचन प्रक्रियाबाट नेतृत्व चयन हुनुपर्ने माग अध्यक्षका अर्का आकान्क्षी राजेश राईको रहेको भएपनि निर्बाचन प्रक्रिया नहुने भएपछि राईले आफ्नो दाबी छोडेका थिए। त्यसपछि पाण्डे सहितको नयाँ टिमलाई निर्बिरोध घोषणा गरिएको थियो ।
चौतारीका निबर्तमान अध्यक्ष गणेश बस्नेतले संस्थाको नयाँ अध्यक्षमा गणेश पाण्डे, उपाध्यक्षमा चेतन अधिकारी र कृपा भण्डारी एबम महासचिवमा हिरामान लामाको नाम घोषणा गरेका थिए । यसैगरी उपमहासचिवमा हरिबल्लभ नेपाल तथा सचिवहरुमा बिष्णु तारुके, प्रदिप आचार्य, विक्रम लुईटेल र नरेश भण्डारीलाई पनि निर्बिरोध घोषणा गरिएको थियो ।
गण्डकी प्रदेशबाट केन्द्रीय समितिको अध्यक्षमा लम्जुंगका गणेश पाण्डे र महिला उपाध्यक्षमा पोखराकी कृपा भण्डारी चयन भएका छन। यसैगरी गण्डकी प्रदेशको इन्चार्जमा पर्वतका गणेश पौडेल, खुल्ला केन्द्रीय सदस्यमा पोखराका सुमन ढुंगाना, महिला केन्द्रीय सदस्यमा पोखराकी तारा चापागाईं दुबे चयन भएका छन ।
गण्डकी प्रदेशबाट हुने चारजना केन्द्रीय सदस्यमा पोखराका कृष्ण थापा सहित गणेश गिरि, हिमाल पगेनी र सिर्जना पन्तलाई चयन गरिएको छ। यसैगरी प्रेस चौतारी नेपालको केन्द्रीय नीति अनुसन्धान आयोगको अध्यक्षमा पोखराका दिपेन्द्र श्रेष्ठलाई चयन गरिएको छ।
केन्द्रीय समितिमा निर्बिरोध घोषणा भएकाहरुको नामावली यस प्रकार छ ।