Play

कांग्रेस पोखरा -२० का सभापति गुरुंगको निधन, एन्फा गण्डकीका बरिष्ठ उपाध्यक्ष मिलनलाई पितृशोक

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसका नेता, पोखरा महानगरपालिका -२० का नेपाली कांग्रेस वडा कार्यसमितिका सभापति एबम सामाजिक व्यक्तित्व सुबेदार तिलबहादुर गुरुंगको ७२ बर्षको उमेरमा निधन भएको छ। करिब एक बर्ष देखि मृगौला र निमोनिया सम्बन्धि रोगका कारण बिभिन्न अस्पतालमा उपचार गराउंदै आएका गुरुंगको उपचारको क्रममा पोखराको मणिपाल अस्पतालमा बिहिबार राति निधन भएको हो।

राजनीतिक रुपमा लामो समय देखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय गुरुङले उक्त वडाको सभापतिमा दोश्रो कार्यकालको लागि निर्बाचित भएर काम गरिरहेका थिए । सामाजिक रुपमा समेत क्रियाशील गुरुङले विभिन्न संघ संस्थाको महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरेका छन्।

गुरुङ पोखरा -११ स्थित विश्वशान्ति बौद्ध गुम्बाको बहालवाला अध्यक्ष र आट्टीघर पेंगीलामा समाजको उपाध्यक्ष हुन् भने फुलबारी तमु समाजको पूर्व अध्यक्ष समेत हुन। उनको परिवार पछिल्लो समय पोखरा -११ फुलबारीमा बस्दै आएको छ।

स्व गुरुङको अन्त्येष्टि शनिबार बिहान ११ बजे पछि पोखराको रामघाट स्थित बौद्ध अर्घौं सदनमा गरिने भएको छ।

स्व गुरुङकी धर्मपत्नी लक्ष्मीदेबी गुरुङ र तिन छोराहरु रहेका छन जेठा छोरा मिलन गुरुङ पोखरामा रहेर खेलकुद क्षेत्रसंगै नेपाली काँग्रेसको राजनीतिमा समेत सक्रिय छन। मिलन कास्की जिल्ला फुटबल संघको पूर्व अध्यक्ष र गण्डकी प्रदेश फुटबल संघको बरिष्ठ उपाध्यक्ष समेत हुन। माइला छोरा बिकास गुरुङ हाल अष्ट्रेलियामा रहेको र कान्छा किरणप्रकाश भने नेपालमै रहेका छन ।

८ चैत्र २०८१, शुक्रबार २०:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा