Play

फोटो पत्रकार संघ कास्कीको पदस्थापन, सल्लाहकार सहि रिक्त पदमा मनोनयन

गुरुकुल खबर


पोखरा, नेपाल फोटो पत्रकार संघ, कास्कीको नयाँ कार्यसमितिको पदस्थापन गरिएको छ । फागुन २५ गते संघको नवौं अधिवेशनबाट निर्वाचितहरुलाई सपथसहित पदस्थापन गरिएको हो । समितिलाई निर्वाचन समितिका संयोजक तथा संघका पूर्वअध्यक्ष कृष्णमणि बरालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए भने प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले प्रमाणपत्र प्रदान गरेका थिए ।

संघको अधिवेशनले राम गुरुङको अध्यक्षमतामा७ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको थियो । उपाध्यक्षमा राधिका कँडेल, सचिवमा धनबहादुर गुरुङ, कोषाध्यक्षमा युनिश गुरुङ निर्वाचित भएका थिए । कार्यसमितिमा गिरीधारी पोखरेल, सञ्जय शाक्य र प्रवेश पोखरेल सदस्य छन् ।

पदस्थापन कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य लामिछानेले हरेक सञ्चार माध्यममा फोटो पत्रकार आवश्यक रहेको बताए । फोटो पत्रकारसँग फोटो मागेर काम चलाउनुभन्दा फोटो पत्रकार नियुक्त गर्न सकेमा यो क्षेत्रमा पनि व्यावसायिकता बढ्ने उनको धारणा थियो ।‘सबै मिडिया हाउसले फोटो पत्रकारलाई आवद्ध गराउन नसक्नु कमजोरी भएकै हो,’ उनले भने, ‘यो विषयमा फोटो पत्रकार संघ र मिडिया हाउस बसेर समाधानका उपाय खोज्न आवश्यक छ ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हरिनारायण गौतम, संघका संस्थापन अध्यक्ष घनश्याम पौडेल, पूर्वअध्यक्ष इन्द्रप्रसाद पौडेल, प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरी लगायतले नवनिर्वाचित टिमले संस्थालाई आगामी दिनमा अझ क्रियाशिल बनाउँदै लैजानुपर्ने बताए ।

’यसैबिच, संस्थाको पहिलो बैठकले रिक्त रहेको पद र सल्लाहकारहरु मनोनीत गर्दै १३ सदस्यीय समितिले पूर्णता पाएको अध्यक्ष राम गुरुङले बताए । बैठकले सहसचिवमा दुर्गा रानामगर, सदस्यहरुमा सुदर्शन रञ्जित, सरोज अधिकारी, चेतबहादुर थापा ‘प्रविन’, सुरेश सुनार र रिखीराम जिसीलाई मनोनीत गरेको हो ।

संघको सल्लाहकारमा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, संघका संस्थापक अध्यक्ष घनश्याम पौडेल, पूर्वअध्यक्ष कृष्णमणि बराल, इन्द्रप्रसाद पौडेल र निवर्तमान अध्यक्ष दुर्गाप्रसाद पौडेललाई चयन गरिएको अध्यक्ष गुरुङले जानकारी दिए

४ चैत्र २०८१, सोमबार ०६:३८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा