हङकङ, गैरआवासिय नेपाली संघ हङकङ महिला बिभाग र नेपाली महिला संघ हङकङ द्दारा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अबसरमा आयोजित कार्यक्रम सम्पन्न भएको छ । नेपाली महिला संघ हङकङका अध्यक्ष एवं गैरआवासिय नेपाली संघ आईसिसीका महिला सचिव राधिका गुरुङ ‘टिका’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली मुलका बिभिन्न संघ.संस्थाका सदस्यहरु सहभागी थिए।
गण्डकी प्रदेशका सांसद सरस्वती गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा गैर आवासिय नेपाली संघ हङकङ महिला बिभागका संयोजक कबिता गुरुङ, गैरआवासिय नेपाली संघ हङकङका अध्यक्ष गोकर्ण ढकाल लगायतका बक्ताले महिलाले गरेका हरेक काममा पुरुषहरुको साथ रहने हुंदा महिला सफल हुनमा पुरुषको हात रहने र पुरुष सफल हुन पनि महिलाको त्यत्तिकै हात रहने कुरा बताएका थिए ।
गैर आवासिय संघ हड्कडका महासचिब अनु राई, डिष्ट्रिक काउन्सिलर अरुणा गुरुङ लगायतले बिज्ञान र प्रविधिको युगमा पनि महिलाको अवस्था भने हिजोकै युगमा रहेकोमा चिन्ता प्रकट गरेका थिए ।
हङकङका लागी भारतिय काउन्सिलर सुरबी गोयल, हङकङका लागी नेपाली काबा काउन्सिलर सतिश गुरुङ, सरला तामाडं, रोशा लिम्बु, पबित्रा राईले गाएको राष्ट्रिय गितले सहभागीलाई भावुक बनाएको थियो ।
कार्यक्रममा नेपालबाट हंगकंगको उक्त कार्यक्रममा सहभागी गण्डकी प्रदेश सांसद सरस्वती गुरूड र पोखराका अग्रज पत्रकार राज बहादुर गुरूडलाई सम्मान गरिएको थियो । यसैगरी याऊ चि माडका जिल्ला सदस्य बनेका पहिलो नेपाली अरूण गुरुङ र समाजसेवी पुष्पा गुरूड (गुरूआमा) लाई सोहि कार्यक्रममा अभिनन्दन गरिएको थियो ।
सामाजिक क्षेत्रमा योगदान दिएका फियानो हङकङको अध्यक्ष कल्पना चाम्लिड राई, तामाङ धेदुङ संघका अध्यक्ष अनिता तामाङ, पुन मगर समाजका अध्यक्ष गोमा पुन, लांघाली समाज हङकङका अध्यक्ष निगम थापा र तमु टो ह्यूला हङकङको महिला संयोजक भक्ति गुरुङ लगायत ५ जना महिलालाई पनि सोहि कार्यक्रममा सम्मान गरिएको थियो । ब्यबसायिक क्षेत्रमा क्रियाशील चुलो रेष्टुरेन्टका सन्चालक पर्वती गुरूड र बु्द लाउन्ज चकलेटका प्रोपाईटर गिता क्षेत्री, खेलकुद तर्फ तेक्वान्दोका करुणा प्रधान पनि कार्यक्रममा सम्मानित भएका थिए ।