Play

विभिन्न मुलुकमा रहेका कस्केलीहरुको जमघट पोखरामा, कार्यालय संचालनका लागि आर्थिक सहयोग

गुरुकुल खबर


पोखरा, कास्की जिल्लाबाट विभिन्न मुलुकमा पुगेर विभिन्न पेशा र ब्यबसायमा संलग्न कस्केलीहरुको संस्था कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्ले कास्की आदर्श समाज नेपालको समन्वयमा विभिन्न मुलुकमा रहेर समाजमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई पोखरामा स्वागत एबम परिचयात्मक कार्यक्रम आयोजना गर्यो । सम्पन्न उक्त कार्यक्रममा विभिन्न देशमा बसोबास गरिरहेका र हाल आफ्नो गृह जिल्ला कास्कीमा आएका समाजका सकृय सदस्यहरु सहभागी थिए।

कार्यक्रममा समाजका संरक्षक तिलक शाली सापकोटा (नेपाल), संरक्षक केदार ढुंगाना (स्पेन), सल्लाहकार निरज थापा (नेपाल), सल्लाहकार प्रकाशलाल श्रेष्ठ (नेपाल), निवर्तमान सल्लाहकारहरु पुष्पराज अधिकारी (यूएई), समर बहादुर बुढाथोकी (अमेरिका), प्रवक्ता रमेश खत्री (क्यानडा), महिला सचिव पुजा शाह ठकुरी (नेपाल), कोषाध्यक्ष विकास अधिकारी (नेपाल), महिला संयोजक कान्ति अधिकारी तिमिल्सिना (बेल्जियम), मध्यपुर्व संयोजक नवीन पौडेल (कतार), कास्की आदर्श समाज नेपाल अध्यक्ष विश्वबन्धु थापा, वरिष्ठ उपाध्यक्ष पुजा गिरी, कोषाध्यक्ष शिव गिरी, कास्की परिवार दक्षिण कोरियाको नेपाल च्याप्टरका अध्यक्ष बलराम भण्डारी, कास्की आदर्श समाज कतारका सँस्थापक अध्यक्ष बलराम सापकोटा, कास्की परिवार दक्षिण कोरियाका संस्थापक एबम नेपाल च्याप्टरका उपाध्यक्ष एस पि अधिकारी, समाजका आजिवन सदस्यहरु गिता तिवारी, कमल थापा, विष्णुप्रसाद तिवारी, नारायण गौतम खत्री लगायतको सहभागिता रहेको थियो ।

समाजको अन्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष सन्तोष तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको विभिन्न जिम्मेवारीमा रहेका व्यक्तित्वहरुले संस्थालाइ एकताबद्द र संगठित बनाउंदै कास्कीको समग्र बिकासमा हस्तक्षेपकारी भूमिका खेल्नसक्ने बनाउनुपर्नेमा जोड दिएका थिए । बक्ताहरुले अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शिब बानियाको अध्यक्षतामा हालै सम्पन्न बैठक र सल्लाहकार समेतको बैठकले संस्थालाई थप गतिशील बनाउन र विश्व सम्मेलन दुबईमा गर्ने सहितका विभिन्न निर्णय गरिसकेकोले त्यसको कार्यान्वयनमा सबै गम्भीर बन्न आग्रह गरेका थिए।

कार्यक्रममा संस्थाका संरक्षक र सल्लाहकारहरु निरज थापा, एस पी अधिकारी, विकास अधिकारी, विश्वबन्धु थापा, बलराम भण्डारी, सम्मर बहादुर बुढाथोकी, पुष्पराज अधिकारी, कान्ति तिमिल्सिना, प्रकाश लाल श्रेष्ठ, रमेश खत्री, केदार ढुङ्गाना, तिलकशाली सापकोटा लगायतले संस्थालाई बलियो बनाउन विभिन्न सुझाब दिएका थिए।

सँस्थाको कार्यालय पोखरा -५ मालेपाटनमा स्थापना गर्ने र त्यसको संचालनको लागी आबश्यक खर्च जुटाउने क्रममा संस्थाका संरक्षक विश्वराज वास्तोलाबाट १५ हजार र पुर्ब सल्लाहकार समरबहादुर बुढाथोकीको तर्फबाट रु १५ हजार, संरक्षक केदार ढुंगानाले ५ हजार, महिला संयोजक कान्ति अधिकारीले ५ हजार १सय ५०, प्रवक्ता रमेश खत्रीले २ हजार तथा आजिवन सदस्य नारायण गौतम खत्रीले पांच सय रुपैया सँस्थाका कोषाध्यक्ष विकास अधिकारीलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा विभिन्न देशबाट हाल नेपालमा आएका व्यक्तित्वहरुलाई महिला सचिव पुजा शाह ठकुरी, कास्की आदर्श समाज नेपालका वरिष्ठ उपाध्यक्ष पुजा गिरी र आजिवन सदस्य गिता तिवारीले खादा माला लगाएर स्वागत गरेका थिए भने सचिव राजेश सुवेदीले संचालन गरेको कार्यक्रममा कोषाध्यक्ष विकास अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।

सोही अवसरमा कास्की समाज यूएईद्वारा प्रकाशित स्मारिका यूएईका संरक्षक एवम् परिषद्का  निवर्तमान सल्लाहकार पुष्पराज अधिकारी र यूएईका पूर्व महासचिव तथा परिषद्का कोषाध्यक्ष विकास अधिकारीले सहभागीलाई हस्तान्तरण गरेको कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्का प्रबक्ता रमेश खत्रीले गुरुकुल खबरलाई जानकारी दिए। यसैगरि कास्की आदर्श समाज कतारले प्रकाशन गरेको स्मारिका पनि विभिन्न संस्थाका प्रतिनिधिहरुलाई संस्थाका सल्लाहाकार एबम मध्यपुर्ब संयोजक नवीन पौडेलले हस्तान्तरण गरेका थिए ।

२५ फाल्गुन २०८१, आईतवार १२:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा