Play

महिलाका मुद्दामा पुरुषहरु बढी जानकार हुनुपर्नेमा महिलाहरुको जोड

गुरुकुल खबर


पोखरा, नेपाल पत्रकार महासंघ कास्कीले ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर पोखरामा महिला संवाद कार्यक्रमको आयोजना गर्यो कार्यक्रममा सहभागी बक्ताहरुले महिलाका मुद्दामा पुरुष बढी जानकार हुनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगको पोखरा कार्यालयका प्रमुख नितु गर्तौलाले महिलाका विषयमा पुरुष जानकार नभएसम्म महिलाले न्याय नपाउने उल्लेख गरिन् । महिला घरायसी काममा सिमित हुनुपर्छ भन्ने पुरुषको गलत सोंचाइका कारण घर छाडेर पर काम गर्न जाने महिलाले हिंसा भोग्नु परेको उनको भनाइ थियो । महिला अधिकार विषयमा प्रस्तुति दिने क्रममा कार्यालय वा बाहिर महिलाहरुलाई अझै ढुक्कसँग काम गर्ने वातावरण सहज नभएको उनले सुनाइन् । यसको न्यूनिरकरणका लागि पत्रकारको कलम र क्यामेरा चल्नुपर्नेमा उनले जोड दिइन् ।

महिला संवादमा बोल्दै किताबखाना तथा प्रदेश सञ्चार समन्वय शाखा, गण्डकी प्रदेशकी प्रमुख पार्वती लामिछानेले श्रमिक महिलाहरुको अधिकारका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिइन् । उनका अनुसार महिला अधिकारको लडाइमा रहेकाहरु श्रमिक महिलाको हक, अधिकारका लागि जुध्नुपरिरहेको छ । यस्तो अवस्था समाधानका लागि पुरुषहरु नै जागरुक र महिला अधिकारका विषयमा जानकार हुनुपर्ने उनको भनाइ थियो ।

महिला संवादमा नेपाल पत्रकार महासंघ गण्डकीकी महासचिव जमुना शर्मा वर्षाले पत्रकार महिलाका अवसर र चूनौतिका विषयमा प्रस्तुति राखेकी थिइन् । उनले पत्रकारिता क्षेत्रमा महिलाका लागि अवसर धेरै भएपनि हिंसा लगायत अन्य घटनाका कारण यो क्षेत्रमा टिक्न सक्ने अवस्था रहेको बताइन् । मिडियाका क्षेत्रमा पनि केही हिंसाका उजुरी परिरहेकाले पत्रकारिता क्षेत्रका श्रमिक महिला पनि समस्यासँग जुध्न बाध्य रहेको उनको भनाइ थियो । यसका लागि सम्बन्धित क्षेत्र नै कडा कानुन बनाएर लाग्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सरला ढकाल, ब्रोडकास्टिङ एसोसियशन अफ नेपाल (बान) का उपाध्यक्ष दुर्गा अधिकारी, पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतम, लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुली अधिकारी लगायतले महिलाका मुद्दामा राज्यसँगै पुरुष जानकार भएर लाग्नुपर्नेमा जोड दिएका थिए । महिला अधिकारसँगै श्रमिक महिलाका अधिकारको पक्षमा पत्रकारको कलम र क्यामेरा धेरैभन्दा धेरै चल्नुपर्नेमा उनीहरुको जोड थियो ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाल बरालको अध्यक्षतामा भएको महिला संवादमा उपाध्यक्ष माधव रेग्मीले स्वागत र कार्यक्रम संयोजक तथा उपाध्यक्ष कञ्चन थापाले सञ्चालन गरेकी थिइन् ।

२५ फाल्गुन २०८१, आईतवार ०७:४९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा